शनिबार, असोज ५ गते २०८१    
images
images

पोखराबाट धनगढी र जनकपुर उडान गर्दै बुद्ध एयर 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ९ २०७८
images
images
पोखराबाट धनगढी र जनकपुर उडान गर्दै बुद्ध एयर 

बुद्धले पोखराबाट सुदूरपश्चिम प्रदेशको धनगढी र दुई नम्बर प्रदेशको जनकपुर पनि उडान सुरु गर्ने भएको छ। 

images
images

काठमाडौं- काठमाडौं बाहिरको पोखरा विमानस्थललाई हब बनाएर अन्तर सहर उडान विस्तारमा आक्रामक भएको बुद्ध एयरले थप दुई गन्तव्यमा उडान सुरु गर्ने भएको छ। 

images
images
images

बुद्धले पोखराबाट सुदूरपश्चिम प्रदेशको धनगढी र दुई नम्बर प्रदेशको जनकपुर पनि उडान सुरु गर्ने भएको छ। 

अन्तर सहर उडान काठमाडौं बाहिर पोखराबाट व्यावसायिक उडानको सम्भावना देखिएपछि बुद्धले विस्तारलाई तीव्रता दिएको छ। 

एयरलाइन्स अहिले पोखराबाट भरतपुर,भैरहवा, सिमरा, र नेपालगञ्ज उडान गरिरहेको छ। अहिले पोखराबाट सुरु भएको उडानबाट एयरलाइन्स उत्साहित भएको छ। 

images

तीन प्रकारका सिट क्षमताका जहाज भएको बुद्धले अहिले सबै जहाजबाट उडान गरिरहेको छ। ७२ सिट क्षमताका एटीआर-७२  ११ वटा,  १८ सिट क्षमता बिचक्राफ्ट २ वटा र ४७ सिट क्षमताका एटीआर-४२ जहाज छन्। यात्रुको माग अनुसार जहाजबाट उडान भइरहेको छ। 

 


प्रकाशित : शुक्रबार, पुस ९ २०७८०९:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend