शनिबार, साउन १२ गते २०८१    
images
images
images

भैरहवा विमानस्थल बनाइरहेको कम्पनीलाई त्रिभुवन विमानस्थलमा सात अर्बको ठेक्का दिने तयारी

images
सोमबार, भदौ २८ २०७८
images
images
भैरहवा विमानस्थल बनाइरहेको कम्पनीलाई त्रिभुवन विमानस्थलमा सात अर्बको ठेक्का दिने तयारी

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको कम्पनीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाउने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवामा काम गरिरहेको  चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सनलाई दिने तयारी गरिरहेको छ।

images

काठमाडौं- भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको कम्पनीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाउने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवामा काम गरिरहेको  चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सनलाई दिने तयारी गरिरहेको छ।

images
images

काठमाडौं विमानस्थलको धावनमार्ग तथा टर्मिनल निर्माणका लागि आव्हान गरिएको टेन्डरमा सहभागी कम्पनीहरूमध्ये नर्थवेस्टले सबैभन्दा न्यून कबोल गरेको छ।

images

प्राधिकरणको खरिद व्यवस्थापनमा संलग्न अधिकारीहरूले दिएको जानकारीअनुसार भैरहवामा विमानस्थल बनाइरहेको चिनियाँ कम्पनीले सबैभन्दा न्यून कबोल गरेको छ।

'उसको प्रस्तावमाथिको अध्ययन करिब सकिएको छ। थप छलफल तथा वार्ताको प्रक्रिया अब बढ्छ होला' स्रोतले भन्यो।

images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन र ट्याक्सी-वे विस्तारका लागि ८ अर्ब अनुमानित लागतमा आह्वान गरिएकोमा नर्थवेस्टले सात अर्ब नेपाली रुपैयाँमा काम गर्ने प्रारम्भिक कबोल गरेको छ।

टेन्डरको सुरुमा सातवटा चिनियाँ कम्पनीले सहभागिता जनाएका थिए।

नर्थवेस्टले भैरहवामा विमानस्थल निर्माणको जिम्मा पाए पनि समयमै काम गर्न नसक्दा तीन वर्ष ढिला भइसकेको छ। २०७२ सालमा निर्माण सम्झौता भएको उक्त आयोजना २०७५ सालमै निर्माण सम्पन्न हुनुपर्ने थियो। विभिन्न बहाना बनाउँदै कम्पनीले काम टार्दै गएको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्‍चालित उक्त आयोजनामा प्राधिकरणले पनि समय थप गर्दै आएको छ।

काममा ढिला गर्दै आएको त्यही कम्पनीले काठमाडौंमा पनि ठेक्का पाउने भएपछि समयमै काम हुनेमा सुरुमा आशंका उत्पन्‍न भएको छ।

नर्थवेष्टप्रति नाटकीय टर्न

गत वर्ष टेन्डर आव्हान हुँदा ७ कम्पनीले भाग लिएका थिए। प्राधिकरणको मूल्यांकन समितिले सुरुमा दुई कम्पनीलाई मात्र छनौट गरेको थियो। जसमा नर्थवेस्ट परेको थिएन।

भैरहवामा समयमै काम नसकेको, प्राविधिक योग्यता पूरा नगरेको भन्दै समितिले आउट गरेको थियो।

नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिबृद्धि आयोजनाले निकालेको टेन्डरको प्राविधिक मूल्यांकनमा उक्त कम्पनी अयोग्य भएको थियो।

उस्तै संरचना, भौतिक पूर्वाधारको मापदण्ड पनि उही सबै उस्तै भएर पनि प्राविधिक मूल्यांकनमा अयोग्य भएपछि नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनले प्राधिकरण र मन्त्रालयमा उजुरी दिएको थियो।

कम्पनीको टर्नओभर,आकार र साधानस्रोतका हिसाबले कम्पनी योग्य भए पनि मूल्यांकनमा फेल गरिएको भन्दै उजुरी दिएको थियो। बाहिरी रुपमा उजुरी देखाए पनि भित्र राजनीतिक तहमै लविङ गरेको थियो।

टेन्डरमा नर्थवेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन, युनान कन्स्ट्रक्सन एन्ड इन्भेस्टमेन्ट होल्डिङ, चाइना नेसनल एरोटेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्प, सीएएमसीई-सीआरबीईजी जेभी, चाइना जेङसु इन्टरनेसनल इकोनोमिक एन्ड टेक्निकल कोअपरेसन र कोभेक-सीआईजीसी-टुन्डी जेभी सहभागी भएका थिए।

प्राधिकरणका महानिर्देशक पोखरेल भने नर्थवेस्टलाई दिने कुनै तयारी नभएको तर उसको प्रस्तावमाथि अध्ययन भइरहेको बताउछन्।

'कबोल कति गरेको छ भन्ने कुराले मात्र ठेक्का पाउने नपाउने निर्धारण हुँदैन। वित्तीय प्रस्तावभित्र पनि अरु कुराहरू हुन्छन्' उनले भने।


प्रकाशित : सोमबार, भदौ २८ २०७८०२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend