काठमाडौं- चीनको सबैभन्दा ठूलोमध्येको एक सवारी उत्पादक समूह सांघाई अटोमोटिभ इन्डस्ट्री कर्पोरेसन (एसएआईसी) का सवारीमा आत्याधुनिक प्रविधि प्रयोग हुँदै आएको छ। एसएआईसीअन्तर्गत करिब एक दर्जन ब्रान्डका सवारीसाधन उत्पादन हुँदै आएका छन्।
तिनै ब्रान्डमध्येको एक हो बेलायती ब्रान्ड एमजी (मोरिस ग्यारेज)। एकसय वर्ष पुरानो बेलालयती ब्रान्ड एमजीको स्वामित्व अहिले एसएआईसीसँग छ।
चिनियाँ कम्पनीहरू विद्युतीय सवारी उत्पादनतर्फ केन्द्रित छन्। एमजीले पनि विद्युतीय सवारी उत्पादनलाई केन्द्रमा राखेको छ। एमजीका विद्युतीय सवारी युरोपेली बजारदेखि भारत तथा नेपालमा समेत लोकप्रिय हुँदै गएका छन्।
विद्युतीय सवारीलाई अझ मजबुत बनाउन कम्पनीहरू नयाँ नयाँ प्रविधिको विकासमा तल्लिन छन्। हाल विद्युतीय सवारीमा प्रयोग हुँदै आएको लिथियम आयन ब्याट्रीलाई थप परिस्कृत र थप इफिसियन्ट बनाउने प्रयासहरू भइरहेका छन्। त्यस्तैमध्येको एक हो सोलिड स्टेट ब्याट्री।
एसएआईसीले विकास गरिरहेको सोलिड स्टेट ब्याट्री २०२६ को सुरुवातबाटै प्रयोगमा ल्याउन सकिने जनाएको छ। सोलिड स्टेट ब्याट्रीको प्रयोगमा एसएआईसी मोटरले अन्य कम्पनीभन्दा अगाडि हुने अनुमान गरिएको छ।
एसएआईसीअन्तर्गत आईएम, म्याक्सस, राइजिङ अटो, रोवी, बाओजुन, विलिङ, होङयान, सनविन र बेलायती ब्रान्ड एमजी रहेको छ।
एमजीको जेडएस ईभी र एमजी फोर, बेलायल, भारत, नेपाललगायत देशमा राम्रो बिक्री हुने विद्युतीय कारमा पर्छ। त्यस्तै एमजीले साइबरस्टार ईभी र ईएक्स १८१ विद्युतीय हाइपर कारसमेत बनाइरहेको छ।
एसएआईसीको पहिलो सोलिड स्टेट ब्याट्रीयुक्त कार आईएम एलसिक्स हुने छ। यो चीनमा टेस्ला मोडल थ्रीसँग प्रतिस्पर्धा गर्ने मोडलको रुपमा रहेको छ। यो कारले एक पटकको फुल चार्जमा ९ सय ९८ किलोलमिटर रेन्ज दिने दाबी गरिएको छ।
एसएआईसीले.सोलिड स्टेट ब्याट्री क्रमिक रुपमा अन्य ब्रान्डहरू एमजीलगातमा प्रयोगमा आउनेछ। सोलिड स्टेट ब्याट्रीको प्रयोग भएपछि विद्युतीय कारको पर्फमेन्टलगायत बढ्ने छ।
के हो सोलिड स्टेट ब्याट्री?
सोलिड स्टेट ब्याट्रीको कुरा गर्दा यो परम्परागत एनोड-क्याथोड कम्बोको तुलनामा फरक खालको ब्याट्री हो।
तरलरुपमा रहेको इलेक्ट्रोलाइटलाई ठोस बनाउनु नै सोलिड स्टेट ब्याट्रीको आधारभुत अवधारणा हो। यसले लिथियम आयन ब्याट्रीमा हुने तरल इलेक्ट्रोलाइटको समस्याको पहिचान गराउँछ। सोलिड स्टेट ब्याट्रीले यो कुरालाई कसरी सम्बोधन गर्छ भन्ने महत्वपूर्ण छ।
यी विषयलाई सम्बोधन गर्न सुरक्षा पहिलो हो। सोलिड स्टेट ब्याट्रीले लिथियम आयत ब्याट्रीमा रहेको सुरक्षा कमजोरीलाई पूर्णतः समाधान गरेको छ। सोलिड स्टेस ब्याट्रीमा ज्वलनशिल तरल इलेक्ट्रोलाइन हुँदैन, जसले सम्भावित आग्लागी जोखिम हुँदैन। ठोस इलेक्ट्रोलाइटको अर्को महत्वपूर्ण पक्ष भनेको यस्तो ब्याट्री चार्ज हुन जम्मा १० मिनेटमात्र लाग्छ। यसले अहिलेको ब्याट्री चार्ज गर्दा कुर्नुपर्ने समस्या समाधान हुनेछ।
सोलिड स्टेट आकारका हिसाबले समेत अग्रगामी प्रविधि हो। सोलिड(स्टेट ब्याट्रीको फुटप्रिन्ट सानो आकारको हुने सबैले पूर्वानुमान गरेका छन्। एक अमेरिकी ब्याट्री उत्पादक कम्पनी सोलिड पावरका अनुसार सोलिड स्टेट ब्याट्रीले समान आकारको लिथियम आयन ब्याट्रीले भन्दा ५० प्रतिशत बढी ऊर्जा स्टोर गर्न सक्छ। सोलिड-स्टेट ब्याट्री आकारमा सानो भइकन पनि पहिलोको ब्याट्रीभन्दा धेरै ऊर्जा स्टोर गर्नेगरि विकास भएको छ।