शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २० २०८१
images
विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड

नियमित महसुल भुक्तानी गर्ने ग्राहक ६२ दशमलव पाँच प्रतिशत रहेका केन्द्रले जनाएको छ। वितरण केन्द्रको चालु आवको बैशाखसम्म औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापत उक्त बक्यौता रकम रहेको हो।

images
images

कैलाली- नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम १८ करोड २४ लाख ६२ हजार ६ सय ७३ रहेको छ। वितरण केन्द्रको चालु आवको बैशाखसम्म औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापत उक्त बक्यौता रकम रहेको हो।

images
images
images

चालु आवको बैशाख मसान्तसम्म औद्योगिक ग्राहकको बक्यौता रकम २ करोड ४९ लाख पाँच हजार चार सय एक, घरायसीको दुई करोड २४ लाख ५२ हजार एक सय ६०, अन्यको दुई करोड ५३ लाख ५३ हजार ८७ र सडकबत्तीको १० करोड ९७ लाख ५२ हजार २५ रहेको वितरण केन्द्रका सहायक लेखा अधिकृत विनोद ढकालले जानकारी दिए।

images
images

उनका अनुसार गत आवको असार मसान्तसम्म बक्यौता रकम २० करोड १३ लाख २७ हजार थियो। चालु आवमा भने बक्यौता रकम केही घटेको उनको भनाइ छ। चालु आवको बैशाख मसान्तसम्म विद्युत् महसुल भुक्तानी नगर्ने एक हजार पाँच सय ७८ ग्राहकको लाइन काटिएको ढकालले जानकारी दिए।

images
images

'हामीले लामो समय महसुल नबुझाउने ग्राहकको लाइन काटेर रकम असुली गरिरहेका छौँँ', वितरण केन्द्र प्रमुख मिथिलेशकुमार गोहिवारले भने, 'अरूको त रकम आइनै रहेको छ। सडकबत्तीको बक्यौता रकम अलि बढी छ। त्यसका लागि पनि प्रक्रिया अगाडि बढाएका छौँ।' गत आवभन्दा चालु आवमा बक्यौता रकम घटेको उनको भनाइ छ।

वितरण केन्द्रका अनुसार गत आवको असार मसान्तसम्म औद्योगिकको दुई करोड ४१ लाख ४२ हजार आठ सय ९१, घरायसीको पाँच करोड ७९ लाख २८ हजार तीन सय ६९, अन्य ग्राहकको बक्यौता रकम एक करोड ४२ लाख २२ हजार तीन सय ६८ र सडकबत्ती बापतको १० करोड ५० लाख ३३ हजार तीन सय ७३ रहेको थियो। नियमित महसुल भुक्तानी गर्ने ग्राहक ६२ दशमलव पाँच प्रतिशत रहेका केन्द्रले जनाएको छ। रासस


प्रकाशित : आइतबार, जेठ २० २०८११३:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend