शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

किमाथांका नाका खुलेपछि स्थानीयको दैनिकी सहज बन्दै, तीन दिनमा एक करोड बराबरको कारोबार

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २० २०८१
images
किमाथांका नाका खुलेपछि स्थानीयको दैनिकी सहज बन्दै, तीन दिनमा एक करोड बराबरको कारोबार

कोरोना महामारीका बेला चीन सरकारले विसं २०७६ माघ ५ देखि किमाथांकासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो।

images
images

सङ्खुवासभा- चीनसँग जोडिएको सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथांका नाका सञ्चालनमा आएपछि भोटखोलाको दैनिकी सहज बन्दै गएको छ। 

images
images
images

यही जेठ १२ गते उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको तिब्वत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा एक समारोहका बीच किमाथांकासहित नेपाल-चीन सीमामा रहेका १४ नाका पुनःसञ्चालनमा आएको घोषणा गरेका थिए।

images
images

कोरोना महामारीका बेला चीन सरकारले विसं २०७६ माघ ५ देखि किमाथांकासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो।

images
images

नाका पुनःसञ्चालनमा ल्याइ सीमावर्ती क्षेत्रमा सहज आवतजावतको व्यवस्था मिलाउन भोटखोलावासीले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।

नाका सञ्चालनमा आएपछि भोटखोलाका व्यापारीले तीन दिनमा एक करोड बराबरको कारोबार गरेको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए।

नाका सञ्चालन भएपछि यहाँका ४३ जना व्यापारीले भोटखोलामा उत्पादित जडीबुटी, स्थानीयस्तरमा निर्मित हस्तकलाका सामग्रीबाट एक करोड कारोबार गरेका अध्यक्ष भोटेले बताए।

'भोटखोलाका नागरिकले परिचयपत्रका आधारमा किमाथांका नाका पारि पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आइरहेका छन्। हिमाली क्षेत्रमा उत्पादन हुने परम्परागत हस्तकलाका सामग्रीले चिनियाँ बजारमा सहजै प्रवेश पाएको छ। उत्तरी क्षेत्रमा रहेका व्यापार नाका खुलेसँगै सीमा क्षेत्रमा राज्यको उपस्थिति बढ्दै छ', अध्यक्ष  भोटेले भने। 

भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन्। त्यस क्षेत्रमा करिब पाँच हजारको बसोबास छ।

आलु र कोदोमात्र उत्पादन हुँदै आएको त्यस क्षेत्रका नागरिकले सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर र खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु भित्राएर जीविका चलाउँदै आएका थिए। बन्द नाका खुलेपछि त्यो अवसरबाट बञ्चित भएका स्थानीयले अब चिनियाँ भूभागमा गएर रोजगारी गर्न पाउने अवसर खुलेको छ। 

किमाथांकामा विसं २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो तर द्वन्द्वका कारण विसं २०५७ सालदेखि सदरमुकाम खाँदबारीबाट सञ्चालन हुँदै आएको छ।

नाका खुलेपछि भोटखोलाका किमाथांका, च्याम्ताङ्ग, चेपुवा, हटियालगायतका स्थानीयलाई राहत मिलेको छ। सदरमुकामबाट सडक यातायात नजोडिएकाले खच्चरबाट उपभोग्य वस्तु ढुवानी गर्दा महँगो पर्दै आएको थियो।

किमाथांका नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन। अहिले पनि सडक पुगेको स्थानबाट दुई दिन हिँडेरमात्र नाकामा पुग्न सकिन्छ। खाँदबारी किमाथांका सडक निर्माणाधीन अवस्थामा छ। खाँदबारीबाट किमाथांकाको दूरी एक सय ६२ किमी छ। रासस


प्रकाशित : आइतबार, जेठ २० २०८११०:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend