आइतबार, भदौ २३ गते २०८१    
images
images

वाइडबडी सी-चेकका लागि तेस्रो पटकको टेन्डरमा चिनियाँसहित दुई कम्पनीको चासो, जहाज जुन २५ बाट ग्राउन्डेड हुँदै

images
आइतबार, जेठ २० २०८१
images
images
वाइडबडी सी-चेकका लागि तेस्रो पटकको टेन्डरमा चिनियाँसहित दुई कम्पनीको चासो, जहाज जुन २५ बाट ग्राउन्डेड हुँदै

यो ठेक्का इटालिएन कम्पनी एटिटेक एसपीएलाई दिनेगरी सबै तयारी भएको थियो। पहिलो पटकको ठेक्कामा यो कम्पनीमात्रै सहभागी भएको थियो।

images
images

काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ए ३३० वाइडबडी जहाजको नियमित रुपमा दुई/दुई वर्षमा गर्नुपर्ने सी-चेकमा लागि दुईवटा कम्पनीले आवेदन दिएका छन्।

images
images
images

निगमले कम्पनी छनोटका लागि जेठ ४ गते तेस्रोपटक १५ दिनको समय दिएर प्रकाशित गरेको सूचनामा दुईवटा कम्पनीले आवेदन दिएका छन्। जसमा एउटा इटालियन कम्पनी र एउटा चिनियाँ कम्पनी रहेका छन्।

कम्पनी छनोट प्रक्रियामा ढिला भइसकेको छ। कम्पनी छनोट प्रक्रिया ढिला हुँदा निगमको दुईमध्ये एउटा वाइडबडी यही जुन २५ बाट नियमित उडान गर्न पाउने छैन भने अर्को वाइडबडी जुलाई २४ बाट उडानमा रहने छैन। यो बीचमा समयमा कम्पनी छनोटको काम सकिने सम्भावना पनि कम छ। 

निगम स्रोतका अनुसार जहाजको सी-चेकका लागि पहिले नै सेटिङ भइसकेको छ। यो ठेक्का इटालिएन कम्पनी एटिटेक एसपीएलाई दिनेगरी सबै तयारी भएको थियो। पहिलो पटकको ठेक्कामा यो कम्पनीमात्रै सहभागी भएको थियो।

images

दोस्रो पटकको १५ दिनको समयमा निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले नै सेटिङमा एउटा डमी कम्पनी खडा गरेका थिए। तर उक्त प्रक्रिया पूरा भएको थिएन।

फेरि तेस्रो पटक १५ दिनको समय दिएर आवेदन गरिएको थियो। निगम स्रोतका अनुसार सकेसम्म योपटक पनि कम्पनी छनोटमा इटालियन कम्पनी सफल भएमा ठेक्का सम्झौता गर्ने तर अर्को कम्पनी सफल हुने अवस्था आएमा ठेक्का नै रद्द गर्नेगरी काम भइरहेको छ। तेस्रो पटकको ठेक्का ग्रान्ड चाइना एभिएसन सहभागी भएको छ। तर व्यवस्थापनले इटालियन कम्पनीलाई नै ठेक्का दिन पक्कापक्की गरेको छ। 

यी जहाज सी-चेकका लागि जाने समय दुई वर्षअगाडि नै थाहा थियो तर निगम व्यवस्थापनले १८ महिनसम्म जहाजको सी चेकका लागि कम्पनी छनोट प्रक्रिया सुरु गरेन। निगम व्यवस्थापनले अन्तिम समयमा टेन्डर गरेर हतार हतारमा आर्थिक लाभ लिने र कम्पनी छनोट प्रक्रिया सुरु गरेको थियो।

कम्पनी छनोटका लागि पहिलोपटक भएको टेन्डर तथा दोस्रोपटक १५ दिनको थप समयमा प्रस्ताव पेस गरेका कम्पनी अयोग्य भएसँगै पुन: तेस्रो पटक टेन्डर सूचना प्रकाशन भएको थियो। अहिले जसरी काम भइरहेको छ सोही हिसाबले हेर्ने हो भने जुन २५ होइन जुलाई २४ सम्म पनि जहाज सी चेकका लागि कम्पनी छनोटको सम्भावना छैन।

त्यसका पनि वाइडबडी जहाज खरिदमा सहभागी हुँदा कर्मचारीलाई समेत भ्रष्टाचारको मुद्दा दर्ता गरेका कारण खरिद प्रक्रियामा कर्मचारीहरू सहभागी हुन डराइरहेका छन्। निगम स्रोतका अनुसार माथिबाट सेटिङमा कम्पनी छनोट हुने प्रक्रियमा सहभागी भएर जागिर धरापमा राख्न कोही पनि कर्मचारी तयार छैनन्।

निगमले जहाज सी चेकका लागि भन्दै कम्पनी छनोट प्रक्रिया २०२४ को फेब्रुअरी १४ बाट सुरु गरेको थियो। सुरुमा ४५ दिनको समय दिएर कम्पनी छनोटका लागि प्रस्ताव माग गरिएको थियो।

उक्त समयमा एउटा मात्रै कम्पनीको आवेदन आएपछि पुन मार्च ३० मा १५ दिनको समय थप गरिएको थियो। थप भएको समयमा समेत गरी दुईवटा कम्पनीले आवेदन दिएका थिए। जसमा स्ट्राटेजिक एभिएसन र एटिटेक एस.पी.ए. कम्पनीले प्रस्ताव पेस गरेका थिए। एटिटेक एसपीए नामको इटालियन कम्पनीलाई ठेक्का दिने सेटिङ अध्यक्ष अधिकारीले गरेका थिए।

तर मूल्यांकन कमिटीले प्रस्ताव पेस गर्ने दुईवटै कम्पनी अयोग्य ठहर गरिदिएका थिए। अधिकारीले पहिले नै एटिटेकलाई सी चेकको काम दिने गरी काम गरेका थिए। मूल्यांकन कमिटीको कारण अधिकारीलाई धक्का लागेको छ। फेरि भएको टेन्डरमार्फत त्यही कम्पनीले काम पाउने छ। 

जहाज समयमा नै सी चेक गर्न नसकेको अवस्थामा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सुरक्षा अवस्थाको विश्लेषणपछि केही समय थप गर्न सकिने व्यवस्था भएको र त्यसका लागि अनुरोध गर्ने कामसमेत भएको थियो। तर प्राधिकरणले त्यो सम्भव नभएको बताइसकेको छ। जसका कारण निगमका दुईवटै वाइडबडी ग्राउन्डेड हुने भएको छ।

एउटा वाइडबडी ग्राउन्डेड हुँदा निगमले दैनिक साढे १ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाउने छ। यसका लागि निगमले एकवर्ष अगाडि नै कम्पनी छनोट प्रक्रिया सुरु गर्नु पर्ने थियो।

जहाज यो मितिमा सी चेकमा पठाउनु पर्ने निश्चित हुँदा पनि कम्पनी छनोट नगरेर निगमलाई घाटा पुर्‍याउने खेल कार्यकारी अध्यक्ष अधिकारीबाट भएको निगम स्रोतको दाबी छ।


प्रकाशित : आइतबार, जेठ २० २०८११०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend