शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

पेट्रोलियम गाडीमा भ्याट छुट हुने व्यवस्था हटाउँदै अर्थ मन्त्रालयले सच्यायो आर्थिक विधेयक

संसदमा दर्ता भएको विधेयकमा भने भ्याट छुटको व्यवस्था विद्यमान नै

images
शुक्रबार, जेठ १८ २०८१
images
पेट्रोलियम गाडीमा भ्याट छुट हुने व्यवस्था हटाउँदै अर्थ मन्त्रालयले सच्यायो आर्थिक विधेयक

संसदमा दर्ता भएको विधेयकका साथै प्रतिनिधिसभाको आधिकारिक वेबपेजमा सार्वजनिक विधेयकमा भने अझै पनि भ्याट छुटकै व्यवस्था रहेको छ।

images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि गएको मंगलबार ल्याएको बजेटसँगै आर्थिक विधेयकमार्फत केही वस्तुहरूमा करका दरसमेत हेरफेर गर्‍यो। हेरफेर गर्दा भ्याट छुट हुने सूचीमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी पनि पर्‍यो।

images
images
images

त्यहीअनुसार अर्थ मन्त्रालयले आधिकारिक वेबसाइटमा विधेयक सार्वजनिक गरेको थियो। तर तीन दिनपछि मन्त्रालयले कुनै सूचना जारी नगरी विधेयकमा भएको गल्ती सच्याउँदै पेट्रोलियम गाडीमा भ्याट लाग्ने बनाएको छ। 

images
images

संसदमा दर्ता भएको विधेयकका साथै प्रतिनिधिसभाको आधिकारिक वेबपेजमा सार्वजनिक विधेयकमा भने अझै पनि भ्याट छुटकै व्यवस्था रहेको छ। 

images
images

अर्थ मन्त्रालयले बिहीबार नै विधेकयमा भएको गल्ती सच्याउनका लागि संसदमा २४ बुँदासहितको पत्र दर्ता गरेको थियो। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पनि पत्र दर्ता भएको पुष्टि गरेका थिए। उनले अर्थ मन्त्रालयबाट मानवीय कमजोरी भएको भन्दै पत्र दर्ताका लागि आएको र यस विषयमा सरोकारवालासँग छलफल गरेर बाधा अड्चन पुकाउन सहयोग गरिदिने बताएका थिए।

बुधबार बेलुका बिजनेस न्युजसँग कुरा गर्दै सभामुखले भनेका थिए 'केही मानवीय त्रुटि भयो भनेर अर्थ मन्त्रालयबाट निवेदन आएको छ। हामी अध्ययन तथा छलफलमा छौँ। करको दर परिवर्तन भएको भन्दा पनि अन्यको परिभाषा कसरी गर्ने भने विषय छ। एम्बुलेन्स, शववाहन र दमकल अन्यको परिभाषामा राख्न अनुरोध गर्नु भएको छ। यसलाई कानूनी प्रक्रिया तथा नजिर हेरेर समस्या समाधान हुन्छ।हामी अध्ययनकै क्रममा छौँ।'

योसँगै बिहिबार साँझ नै बसेको मन्त्रिपरिषदको बैठकमा यसबारेमा सामान्य छलफल भएको मुख्यसचिव बैकुण्ठ अर्यालले बताएका थिए। 

यस्तो छ पुरानो व्यवस्था

s A.png

s B.png

s C.png

s D.png

यस्तो छ सच्याइएको नयाँ

d A.png

d B.png

D C.png


प्रकाशित : शुक्रबार, जेठ १८ २०८१११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend