शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

गलकोटमा रोपाइँको चटारो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १८ २०८१
images
गलकोटमा रोपाइँको चटारो

अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायत स्थानमा पनि सोहीसमयसम्म रोपाइँ हुने गरेको छ।

images
images

बागलुङ- देशका विभिन्न भागका किसान खडेरीबाट किसान चिन्तित भए पनि यहाँका  किसानलाई रोपाइँको चटारो छ। सिँचाइ सुविधाका कारण मध्यजेठमा  यहाँका खेलमा रोपाइँ भइरहेको छ।

images
images
images

जिल्लामा अधिक धान उब्जाउने स्थानमध्येको गलकोटका चमुवा फाँटसहित दुदिलाभाटी, आँगाखेत, नरेठाँटी र हरिचौरमा रोपाइँको चटारो छ। 

images
images

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार गलकोटपछि कुश्मीसेरा, बडिगाड, निसीखोला, बुर्तिबाङलगायत क्षेत्रमा जेठअन्तिमदेखि रोपाइँ हुने गरेको छ। मकै लगाएका  किसानले असार अन्तिम सातादेखि र साउनभरि रोपाइँ गर्छन्। 

images
images

जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायत स्थानमा पनि सोहीसमयसम्म रोपाइँ हुने गरेको छ।

बागलुङको छ हजार हेक्टर भूमिमा धानखेती हुँदै आएको छभने १० हेक्टरमा मात्र चैते धान हुने गरेको उक्त केन्द्रले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ १८ २०८१११:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend