शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

१३ ठेक्कामा समयमै काम नगर्ने निर्माण कम्पनीहरु कालोसूचीमा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १८ २०८१
images
१३ ठेक्कामा समयमै काम नगर्ने निर्माण कम्पनीहरु कालोसूचीमा

कार्यालयले जेभीसहितका १७ निर्माण कम्पनीलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।

images
images

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम नगर्ने विभिन्न निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। 

images
images
images

कार्यालयले शुक्रबार सूचना जारी गरेर १३ वटा ठेक्कामा समयमै काम नगर्ने विभिन्न निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो। 

images
images

ठेक्का लगाउने सार्वजनिक निकायले गरेको सिफारिसका आधारमा विभिन्न प्रक्रिया पूरा गरेर कार्यालयले कालोसूचीमा राख्दै आएको छ।

images
images

कार्यालयले जेठ १७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बजेजिम कालोसूचीमा राख्ने प्रयोजनका लागि सूचना जारी गरेको हो। 

कार्यालयले जेभीसहितका १७ निर्माण कम्पनीलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो। कालोसूची अवधिभर यी निर्माण कम्पनीले सरकारी ठेक्का प्रक्रियामा भाग लिन पाउने छैनन्। 


प्रकाशित : शुक्रबार, जेठ १८ २०८११०:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend