शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

विकास बैंकहरूमा समस्या बढ्दो : नारायणी डेभलपमेन्ट बैंक फेरि समस्याग्रस्तनजिक, ज्योतिसहित ४ बैंकको पुँजीमा समस्या

आइतबार, जेठ २० २०८१
विकास बैंकहरूमा समस्या बढ्दो : नारायणी डेभलपमेन्ट बैंक फेरि समस्याग्रस्तनजिक, ज्योतिसहित ४ बैंकको पुँजीमा समस्या

यस बैंकले हालसम्म ४५ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यस बैंकको आधारदर बढेर १५.०९ प्रतिशत पुगेको छ भने स्प्रेड दर ४.४८ प्रतिशत छ।

काठमाडौं- विकास बैंकहरू खराब कर्जा र पुँजीकोषको समस्यमा भासिँदै गएका छन्। १७ मध्ये ९ विकास बैंकको खराब कर्जा ४.५ प्रतिशतभन्दा माथि छ। तीन विकास बैंकको त खराब कर्जा ७.३० प्रतिशत देखि ३३.५९ प्रतिशतसम्म पुगेको छ।

२०७७ साउन २२ गते समस्याग्रस्त बैंकको सूचीबाट हटेको नारायणी विकास बैंक फेरि समस्यानजिक पुगेको छ। ५ प्रतिशतभन्दा माथि खराब कर्जा पुगेमा राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाहीको प्रकृया अगाडि बढाउँछ।

नारायणी विकास बैंकको खराब कर्जा ३३.५९ प्रतिशत पुग्दासमेत राष्ट्र बैंक मौन छ। २६ करोड २५ लाख चुक्ता पुँजी रहेको समयमा बैंकसँग ६२ करोड ३७ लाख रुपैयाँ जनताको निक्षेप रहेको छ।

यस बैंकले हालसम्म ४५ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यस बैंकको आधारदर बढेर १५.०९ प्रतिशत पुगेको छ भने स्प्रेड दर ४.४८ प्रतिशत छ।

यस्तै नारायण डेभलपमेन्ट बैंकको पुँजीकोष ५.८८ प्रतिशत पुगेको छ। कुल प्राथमिक पुँजीकोष ७.५३ प्रतिशत पुगेको छ। कुल पुँजीकोष राष्ट्र बैंकले तोकेको ११ प्रतिशतभन्दा तल आएमा शीघ्र सुधारात्मक कारबाहीको प्रकृया अगाडि बढ्ने गर्दछ।

नारायणी डेभलपमेन्ट बैंक पश्चात साल्पा विकास बैंकको खराब कर्जा बढेर ८.३१ प्रतिशत पुगेको छ। एक्सल डेभलपमेन्ट बैंकको पनि खराब कर्जा बढेर ७.३० प्रतिशत कायम भएको छ। 

यसबाहेक ग्रिन डेभलपमेन्ट बैंकको खराब कर्जा ५.८६ प्रतिशत, ज्योति विकास बैंकको खराब कर्जा ४.९७ प्रतिशत, कर्णाली विकास बैंकको खराब कर्जा ४.९६ प्रतिशत, कर्पोरेट डेभपलमेन्ट बैंकको खराब कर्जा ४.९५ प्रतिशत र महालक्ष्मी विकास बैंकको ४.१६ प्रतिशत रहेको छ।

यस्तै सांग्रिला विकास बैंकको ३.८४ प्रतिशत, लुम्बिनी विकास बैंकको ३.६९ प्रतिशत, कामना विकास बैंकको ३.५५ प्रतिशत र साइन रेसुङ्गा बैंकको ३.४१ प्रतिशत खराब कर्जा रहेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सबैभन्दा कम खराब कर्जा मुक्तिनाथ विकास बैंकको खराब कर्जा २.०२ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको २.६३ प्रतिशत र गरिमा विकास बैंकको २.९७ रहेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मुक्तिनाथ विकास बैंकले प्राथमिक पुँजीकोष पुर्‍याउन सकेको थिएन। तेस्रो त्रैमासमा आइपुग्दा यस बैंकले प्राथमिक पुँजीकोष पुर्‍याएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस बैंकको प्राथमिक पुँजीकोष ९.२८ प्रतिशत पुर्‍याएको छ। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा कर्णाली विकास बैंक पुँजीकोष राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल आएको छ। यस बैंकको पुँजीकोष ८.४३ प्रतिशत रहेको छ। 

यस्तै ज्योति विकास बैंकको पनि प्राथमिक पुँजीकोष ८.५८ प्रतिशत पुगेको छ। यस्तै सांग्रिला विकास बैंकको ९.२९ प्रतिशत, कामना सेवा विकास बैंकको ९.०३ प्रतिशत पुँजीकोष रहेको छ।


प्रकाशित : आइतबार, जेठ २० २०८१११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend