शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

बैंकहरूको औषत खराब कर्जा ३.८९ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५ प्रतिशतमाथि, अन्यको कति?

शुक्रबार, जेठ १८ २०८१
बैंकहरूको औषत खराब कर्जा ३.८९ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५ प्रतिशतमाथि, अन्यको कति?

४.८५ प्रतिशत खराब कर्जा रहेको नेपाल बैंक लिमिटेड सबैभन्दा धेरै खराब कर्जा हुने बैंकको सूचीको चौथो स्थानमा छ।

काठमाडौं- राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले केएफआई प्रतिवेदन सार्वजनिक गर्दै लक्ष्मी बैंकको खराब कर्जा सबैभन्दा धेरै रहेको देखाएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा यस बैंकको खराब कर्जा ५.४९ प्रतिशत रहेको छ। 

खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुग्नुलाई राम्रो मानिँदैन। ५ प्रतिशतभन्दा माथि खराब कर्जा पुगेमा राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गर्न सक्ने व्यवस्था रहेको छ।

लक्ष्मी सनराइज बैंकपछि सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंकको रहेको छ। चैत मसान्तसम्ममा यस बैंकको खराब कर्जा ४.९६ प्रतिशत रहेको छ। ४.९५ प्रतिशत खराब कर्जा रहेको कुमारी बैंक तेस्रो स्थानमा रहेको छ।

४.८५ प्रतिशत खराब कर्जा रहेको नेपाल बैंक लिमिटेड सबैभन्दा धेरै खराब कर्जा हुने बैंकको सूचीको चौथो स्थानमा छ।

यस्तै प्रभु बैंकको ४.८१ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.७४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको खराब कर्जा ४.६६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.३० प्रतिशत र प्राइम कमर्सियल बैंकको ४.२९ प्रतिशत खराब कर्जा रहेको छ। 

यस अवधिमा सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको रहेको छ। गत चैत मसान्तसम्म यस बैंकको खराब कर्जा ०.७० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। 

कम खराब हुने वाणिज्य बैंकको दोस्रो नम्बरमा सानिमा बैंक रहेको छ। यस अवधिमा यस बैंकको खराब कर्जा १.८९ प्रतिशत छ।

नेपाल एसबीआई बैंक पनि कम खराब कर्जा हुने बैंकको सूचीमा परेको छ। चैत मसान्तसम्ममा यस बैंकको खराब कर्जा १.९८ प्रतिशत रहेको छ। 

यस्तै स्टाण्डर्ड चार्टर्ड बैंकको २.१४ प्रतिशत, सिद्धार्थ बैंकको २.५२ प्रतिशत र एनएमबि बैंकको २.८६ प्रतिशत रहँदै खराब कर्जा कम हुने बैंकमा परेका छन्। 

यस अवधिमा नविल बैंकको खराब कर्जा ४.०४ प्रतिशत, एनआईसी एसिया बैंकको ३.०८ प्रतिशत, माछापु्च्छ्रे बैंकको ३.६८ प्रतिशत र सिटिजन्स इन्टरनेशनल बैंकको ३.७६ प्रतिशत खराब कर्जा रहेको छ। चैत मसान्तसम्ममा बैंकहरूको औषत खराब कर्जा ३.८९ प्रतिशत कायम भएको छ।


प्रकाशित : शुक्रबार, जेठ १८ २०८१०९:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend