काठमाडौं- सेयरधनीलाई आकर्षक लाभांश घोषणा गरेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारणसभा र बुक क्लोजको मिती तय गरेको छ। फरवार्डले सेयरधनीलाई ४२ प्रतिशत लाभांश दिने प्रस्ताव सोही साभारणसभामा पारित हुने छ।
कम्पनीले ३५ प्रतिशत सेयर र ७ प्रतिशत नगद गरी ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
कम्पनीको पुस ३० गते साधारणसभा तोकिएको छ। भने। पुस १६ गते बुक क्लोजको मिति तय गरिएको छ। १५ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश पाउने छन्।
लाभांश नेपाल राष्ट्र बैंकले स्विृकत गरेर साधारणसभाले पास गरेपछि सेयरधनीले पाउने छन्।