शनिबार, साउन १२ गते २०८१    
images
images
images

उखुको जुस बेचेर मनग्य आम्दानी

images
बिहीबार , जेठ १७ २०८१
images
images
उखुको जुस बेचेर मनग्य आम्दानी
फाइल तस्बिर

उखुको जुस बिक्रीबाट मासिक एक लाख रूपैयाँसम्मको कारोबार हुने र त्यसमध्ये ३५ हजार रूपैयाँजति बचत हुने व्यवसायी बताउँछन्।

images

कैलाली- धनगढी उपमहानगरपालिका- ३ की पुजा शर्माले धनगढीको सहिद गेट नजिकै उखुको जुसको व्यवसाय गर्दै आएकी छिन्। उनले जुस बिक्री गरेर जीविकोपार्जन गरिरहेकी छिन्।

images
images

शर्माले थोरै लगानीमा भए पनि स्वरोजगार बन्नुपर्छ भन्ने मनसायबाट प्रेरित भइ उखु जुसको व्यवसाय सुरु गरेको बताइन्।

images

'पहिले अर्काको पसलमा काम गर्थे। अर्काको काम गर्दा जानीनजानी कहिलेकाहीँ गल्ती भयो भने अनावश्यक कुरा सुन्नु पर्दथ्यो। आजभोलि आफैले व्यवसाय सञ्चालन गरेपछि कमाएको जति खर्च गरेर बचत पनि हुन्छ', उनले भनिन्।

धनगढीस्थित स्थानीय बजारबाट ६० हजार रूपैयाँमा उखु पेल्ने मेसिन खरिद गरी व्यवसाय सुरु गरेकी भन्दै शर्माले मासिक ७० हजार रूपैयाँ बराबरको उखु जुसको कारोबार हुने गरेको बताइन्।

images

उनका अनुसार बालबच्चाको लालनपालन, शिक्षा र घरपविारको सम्पूर्ण खर्च कटाएर ३५ हजार रूपैयाँजति बचत हुने गरेको छ। उखुको जुस प्रतिगिलास ३० रूपैयाँमा बिक्री गर्दै आएको उनले बताइन्।

धनगढीको जुगेडाबाट प्रतिक्विन्टल एक हजार पाँचसय रूपैयाँमा उखु खरिद गरेर शर्माले जुस व्यवसाय गर्दै आएकी हुन्। केही दिनदेखि अत्यधिक गर्मी बढेसँगै जुसको व्यवसाय पनि राम्रो हुँदै आएको उनको भनाइ छ।

लामो समयदेखि उखु जुस व्यवसाय सञ्चालन गरी जीवन निर्वाह गर्दै आएका छोटु गुप्ताले पनि यही व्यवसायबाट जीविकोपार्जन भइरहेको बताए। कैलाली र कञ्चनपुरको सीमास्थित डोके बजार नजिकै व्यवसाय सञ्चालन गर्दै आएका उनले मासिक एक लाख रूपैयाँ बराबरको कोरोबार हुने गरेको जानकारी दिए।

करोबारको पचास प्रतिशत जति फाइदा हुने गरेको गुप्ताको भनाइ छ। उनले धनगढीका तीन स्थानमा उखु जुस पेल्ने मेसिन राखेर व्यवसाय गर्दै आएका छन्।

उखु जुसको व्यवसायले जीविकोपार्जनका साथै आम्दानीको स्रोत बन्दै गएको अर्का व्यवसायी अमरबहादुर चौधरीले बताए। उनले जाडो याममा ज्याला मजदुरी गर्ने र गर्मीमा प्रत्येक वर्ष जुसको व्यवसाय गर्दै आएको बताए। मासिक रुपमा ९० हजार रूपैयाँजति कारोबार हुने गरेको भन्दै सबै खर्च कटाएर ३५ हजार रूपैयाँ फाइदा हुने उनको भनाइ छ।

थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय यो व्यवसायप्रति धेरैको आकर्षण बढ्दै गएको छ। धनगढीमा हिजोआज अत्यधिक गर्मी बढेसँगै चिसो पेय पदार्थको व्यापार बढेको स्थानीय व्यापारीको भनाइ छ। धनगढी बजारलगायत आसपासका क्षेत्रमा झण्डै एक सय उखुको जुस बिक्री गर्ने व्यवसायी छन्। रासस


प्रकाशित : बिहीबार , जेठ १७ २०८११७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend