शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

सर्वोच्चमार्फत धितोपत्र बोर्डमा फर्कने ढुंगानाको सम्भावना टर्दै, न्यायाधीशको राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा

images
शुक्रबार, पुस ९ २०७८
images
images
सर्वोच्चमार्फत धितोपत्र बोर्डमा फर्कने ढुंगानाको सम्भावना टर्दै, न्यायाधीशको राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा
images
images

काठमाडौं- भित्रि कारोबारमा संग्लन भएको आरोप लागेपछि बर्खास्त भएका नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढुंगानालाई सर्वोच्च अदालतमार्फत समेत धक्का मिलेको छ। ढुंगानाले कात्तिक ७ गते पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

images
images
images

ढुंगानाको मुद्दाको पेसी पुस ७ गतेका लागि तोकिएको थियो। उक्त मुद्दाको बहसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत र कुमार चुडालको इजलासमा राय बाझिएपछि पूर्ण इजलासमा बहस हुने भएको छ। ढुंगानाको मुद्दा पूर्णइजलासमा गएसँगै अब उनी धितोपत्र बोर्ड फर्कने सम्भावना टरेको छ। 

एक न्यायाधीशले सरकारको निर्णय बदर गर्ने राय राखेको र अर्कोले सरकारको निर्णय सदर गर्नुपर्ने राय राखेपछि पूर्ण एजलासमा पठाइएको हो। ढुंगानाले सरकारले आफूलाई गैरकानूनी तवरले हटाएको भन्दै कात्तिक ७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

images

सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो। 

images

बुक बिल्डिङमार्फत सर्वोत्तमले सर्वसाधारणका लागि आईपीओ जारी गर्दा अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा १२ हजार कित्ता सेयर नामसारी भएको पाइएको थियो। ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सकारलाई प्रतिवेदन बुझाएपछि सरकारले उनलाई बर्खास्त गरेको थियो। 


प्रकाशित : शुक्रबार, पुस ९ २०७८०८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend