आइतबार, भदौ २३ गते २०८१    
images
images

जर्मन स्पोर्टस कार निर्माता पोर्साको ईभी टाइकन फोर एस नेपालमा, ९९ हजार डलरको कारमा २ करोड ६५ लाख कर

images
बिहीबार , जेठ १७ २०८१
images
images
जर्मन स्पोर्टस कार निर्माता पोर्साको ईभी टाइकन फोर एस नेपालमा, ९९ हजार डलरको कारमा २ करोड ६५ लाख कर

डीसी फास्ट चार्जरबाट १० देखि ८० प्रतिशत चार्ज गर्न जम्मा १८ मिनेट लाग्छ भने ९.६ किलोवाट एसी चार्जले शून्यदेखि १ सय प्रतिशत चार्ज हुन १२ घण्टा लाग्नेछ।

images
images

काठमाडौं- नेपालीहरू सवारीसाधनमा निकै सौखिन छन्। विश्वका विभिन्न देशका विलासी कार उत्पादक कम्पनीका उत्पादन नेपाली बजारमा आइरहेका छन्। करोडौँ मूल्य पर्ने कारहरू पनि नेपाली उपपभोक्ताले खरिद गरिरहेका छन्। 

images
images
images

केही वर्षअघि करिब ७ करोड रुपैयाँ पर्ने मर्सिडिज बेन्जको जी वागन कार नेपाल आएको थियो। त्यस्तै अउडी, ज्यागुअर ल्यान्ड रोभर, हमरलगायत ब्रान्डका कार केही संख्यामा बिक्री हुँदै आएको छ। पछिल्लोपटक सरकारले विद्युतीय सवारीमा कर सहुलियत दिएकाले विद्युतीय सवारीहरू आउने क्रम बढेको छ। 

यसअघि टेस्ला, अउडी ज्यागुअरलगायत ब्रान्डका विद्युतीय विलासी कार नेपाली बजारमा आइसकेका छन्। अछिल्लो दशकमा पोर्साका दुई वटा आईसी इन्जिन कार आएको थियो। अहिले पोर्साको विद्युतीय कार नेपाल आइपुगेको छ। 

पोर्सा जर्मन विलासी स्पोर्टस कार उत्पादक कम्पनी हो। पोर्साका कारहरू निकै शक्तिशाली मानिन्छ, जुन महँगोसमेत पर्छ। पोर्साको विद्युतीय स्पोर्टस कार टाइकन फोर एस काइरोस इन्टरनेसनलले नेपाल भित्र्याएको हो।  

images

उक्त कार जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले खरिद गरेको हो। जुन ४ करोड ५० लाख रुपैयाँमा बिक्री गरिएको आयातकर्ता कम्पनीले जनाएको छ। ९९ हजार अमेरिकी डलरमा खरिद गरेर टाइकट फोर एस आयात गरिएको हो। 

बजेटअघि नै भित्रिएकाले पोर्सा टाइकन फोर एसमा आर्थिक विधेयक २०८० अनुसार नै कर लागेको हो। यो कार बजेटको एक साताअघि भन्सार जाँचपास भएर भित्रिएको थियो। यो विद्युतीय कारमा ६० प्रतिशत भन्सार, ६० प्रतिशत नै अन्तःशुल्क, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक मर्मत दस्तुर लाग्दै आएको छ। सीआईएफ भ्यालुमा सबै कर लगाउँदा पोर्सा टाइकन फोर एसबाट सरकारले २ करोड ६५ लाख रुपैयाँभन्दा बढी कर लिएको छ। 

porsche.jpg

यस्तो छ टाइकन फोर एसको विशेषता 

पोर्से टाइकन फोर एस विद्युतीय स्पोर्टस कारमा १ सय ५ किलोवाट आवरको ब्याट्री प्याक छ। यो कारले एक पटकको फुल चार्जमा ६ सय २५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। डब्लूएलटीपी रेटिङका अनुसार यो कारले ४ सय ७४ देखि ५ सय ५७ किलोमिटरसम्म रहेको छ। 

डीसी फास्ट चार्जरबाट १० देखि ८० प्रतिशत चार्ज गर्न जम्मा १८ मिनेट लाग्छ भने ९.६ किलोवाट एसी चार्जले शून्यदेखि १ सय प्रतिशत चार्ज हुन १२ घण्टा लाग्नेछ। 

निक्कै शक्तिशाली यो विद्युतीय कारमा ५ सय ३६ एचपी पावर छ भने ५ सय १२ एनएम टर्क जेटेरेट गर्छ। चारवटा मोटर रहेको यो विद्युतीय कार अल ह्वील ड्राइभ हो। यो कारको अधिकतम गति २ सय ५० किलोमिटर दाबी गरिएको छ। त्यस्तै शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति यो कारले ४ सेकेन्डमै तय गर्न सक्छ। 

गाडीको लम्बाई ४ हजार ९ सय ६३ एमएम, चौडाई १ हजार ९ सय ६६ एमएम र उचाई १ हजार ३ सय ७९ एमएम रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ। यो कारको ह्वीलबेस २ हजार ८ सय ९५ एमएम रहेको छ। २ हजार ८ सय ८० किलो तौल भएको यो कारको बुट स्पेस ४ सय ९० लिटर छ। यो कारको ग्राउन्ड क्लियरेन्स १ सय २७ एमएम रहेको छ। 


प्रकाशित : बिहीबार , जेठ १७ २०८११६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend