सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

बिहीबार एकैदिन प्रतितोला दुई हजार तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार , जेठ १७ २०८१
बिहीबार एकैदिन प्रतितोला दुई हजार तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य प्रतितोला दुई हजार ३ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- सुनको मूल्य लगातार चौथो दिन पनि बढेको छ। यो साता नेपाली बजारमा आइतबार स्थिर रहेर त्यसयता निरन्तर उकालो लागेको सुनको मूल्य बिहीबार पनि बढेको हो।

बिहीबार सुनको मूल्य प्रतितोला दुई हजार ३ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ५ सय रूपैयाँ पुग्दा तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार ८ सय रूपैयाँ निर्धारित छ। 

यो साता सोमबार तीनसय र मंगलबार चारसय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला ६ सय रूपैयाँले बढेको थियो।

बुधबार प्रतितोला १० रूपैयाँले बढेको चाँदीको मूल्य भने बिहीबार प्रतितोला ३० रूपैयाँले घटेको छ।

बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय रूपैयाँ तोकिएको छ।


प्रकाशित : बिहीबार , जेठ १७ २०८१११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend