शनिबार, असोज ५ गते २०८१    
images
images

'वित्तीय प्रणालीमा तरलता अभावले निर्माण उद्योगमा संकट'

images
शुक्रबार, पुस ९ २०७८
images
images
'वित्तीय प्रणालीमा तरलता अभावले निर्माण उद्योगमा संकट'

'दुई वर्ष कोरोना महामारीको कारण काम नहुने तर अन्य खर्च हुने, खर्च भएअनुसार त्यसबाट उत्पादन गर्न नसक्दा निर्माण व्यवसायीहरूले चरम आर्थिक अभाव झेलिरहेको'

images
images

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन्। 

images
images
images

अध्यक्ष सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका हुन्। उनले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेको धारणा राखेको न्युज एजेन्सी नेपालले जनाएको छ। 

अध्यक्ष सिंहले बजारमा हाहाकार भए तरलता अभावको साथै निर्माण क्षेत्रमा ठेक्का रकमको २० प्रतिशत पेस्कीको विरोध भइ कटौती गरे ५ प्रतिशत कायम गरेकाले पनि विगत दुई वर्ष देखि निर्माण उद्योगले गति लिन नसकेको बताए।

उनले दुई वर्ष कोरोना महामारीको कारण काम नहुने तर अन्य खर्च हुने, खर्च भएअनुसार त्यसबाट उत्पादन गर्न नसक्दा निर्माण व्यवसायीहरूले चरम आर्थिक अभाव झेलिरहेको बताए।

images

अध्यक्ष सिंहले पछिल्लो समय बैंकहरूले एक दुई लाख कर्जासमेत पाउन मुस्किल भएको बताए। उनले निर्माण व्यवसायीको बैंकिङ ऋण मात्रै ३ सय ४० अर्ब रहेको तर, सरकारसँग विगत एक वर्षदेखि बारम्बार निर्माण उद्योगमा तरलता अभाव रहेकाले तरलता सहज बनाउन निर्माण व्यवसायीको ५ प्रतिशत धरौटी रकम बैंक ग्यारेण्टीमा फुकुवा गर्न माग गरेको बताए।

उनले सरकारले ५ प्रतिशत धरौटी रकम निर्माण व्यवसायीलाई दिएमा बजारमा भएको तरलता सहज हुने ,निर्माण कार्य पनि अगाडि बढ्ने र अर्थतन्त्र पनि चलायमान हुने धारणा राखे। 

'अहिले निर्माण उद्योगलाई सामान सप्लाई गर्ने सम्पूर्ण उद्योग नै चरम आर्थिक संकटमा गुज्रिएका छन्। अर्थमन्त्रीले पुस महिनामा ३० प्रतिशत पुँजीगत खर्च गर्न निर्माण व्यवसायीलाई भोग्दै आएको तरलता अभावलाई सहज बनाउन आवश्यक छ' उनी भन्छन्, 'सरकारले ५ प्रतिशत धरौटी र १० प्रतिशत मोविलाइजेसन दिने हो भने बजारको तरलता सहज हुन्छ। सरकारले खोजेको तीव्र विकास निर्माण काम हुन्छ। तर, सरकारले तत्काल तरलता अभाव सम्बोधन गर्नु पर्छ।’

अध्यक्ष सिंहले सरकारले निर्माण व्यवसायीको मागलाई सम्बोधन गरे मात्रै पनि बजारमा तरलता सहज हुने धारणा राखे।उनले सरकारले माग सम्बोधन गर्दा विकास निर्माणको काम पनि गति लिने बताए।

उनले विकास निर्माणको काम गति दिनेवित्तिकै रोजगारी सृजना समेत हुने बताए। अध्यक्ष सिंहले सरकारले लिएको विकास निर्माणको लक्ष्य बजेटको सही व्यवस्थापन भएमा प्राप्त हुन सक्ने बताए। उनले सरकारले बजेटलाई काम भइरहेको योजनामा अभाव हुन नदिने र काम नभएको स्थानको बजेट फ्रिज सरकारले राख्न नहुने बताए।

अहिले सरकारको ढुकुटीमा अर्बौं रकम थुप्रिएर बसेको तर विकास निर्माणको काम गर्न रकम अभाव भएको बताए। अब विकासे मन्त्रालयहरूले बजेट खर्च गर्न दोहोरी मात्रै नखेलेर बजेट व्यवस्थापन गरेर विकास निर्माण अगाडि बढाउन सहयोग गर्नु पर्ने अध्यक्ष सिंहको धारणा राखे।


प्रकाशित : शुक्रबार, पुस ९ २०७८०६:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend