काठमाडौं- नबिल बैंक लिमिटेडले लाभांश पारितका साधारणसभा आह्वान गरेको छ। बैंकको पुस ८ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पुस ३० गते साधारणसभा तोकिएको हो।
हाल कायम चुक्ता पुँजीको ३३.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.४० प्रतिशत नगद गरि कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ।
त्यस्सैगरी नविल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाम्न गाभिने प्रस्ताव समेत साधारणसभामा एजेन्डा रहेको छ।
त्यस्तै बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पौष १६ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले पौष १५ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।