बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कर विवरण बुझाउने समय थपियो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २४ २०७८
कर विवरण बुझाउने समय थपियो

यस पटक विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति लिएका वा विभागले तोकेका करदाताले प्राविधिक कठिनाइका कारण २०७८ साउन महिनाको विवरण पेश गर्न नसकेको गुनासो गरेपछि विभागले समय थप गर्ने सूचना जारी गरेको हो। 

काठमाडौं- आन्तरिक राजश्व विभागले २५ गतेभित्र बुझाउनु पर्ने करको विवरण बुझाउने समय थप गरेको छ। मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका करदाताले अर्को महिनाको २५ गतेभित्र करको विवरण बुझाउनु पर्ने व्यवस्था छ।

तर, यसपटक विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति लिएका वा विभागले तोकेका करदाताले प्राविधिक कठिनाइका कारण २०७८ साउन महिनाको विवरण पेश गर्न नसकेको गुनासो गरेपछि विभागले समय थप गर्ने सूचना जारी गरेको हो। 

आन्तरिक राजस्व विभागका अनुसार २५ भदौभित्र पनि विवरण बुझाउन नसक्ने करदाताले साउन महिनाको बिक्री तथा खरिद कारोबारको विवरण भदौ ३१ गतेभित्र अनिवार्य रुपमा अपलोड गर्नुसक्ने व्यवस्था गरेको थियो। 

relese.jpeg

सो अवधिसम्म पनि कर विवरण नबुझाएमा भने तोकिएअनुसार जरिवाना हुने विभागले भनेको छ। विभागले बिक्री तथा खरिद खाता अपलोड गर्न समस्या भएका करदाताका लागि खाताको नमुना नै परिवर्तन गरी नयाँ ढाँचा विभागको वेबसाइटमा राखेको छ। 

अब करदाताले नयाँ ढाँचाका खाता डाउनलोड गरी ३१ भदौभित्र विद्युतीय माध्यमबाटै अपलोड गर्नुपर्ने गरी निर्माण भएको विभागले बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ। 


प्रकाशित : बिहीबार , भदौ २४ २०७८१३:३४
  • सम्बन्धित विषय:

  • # आन्तरिक राजश्यक विभाग
  • # कर विवरण
  • # आइआरडी
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend