काठमाडौ- साताको अन्तिम दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको छ।
बिहीबार सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने शुक्रबारका लागि स्थिर छ। बिहीबार १२ सय ६० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि पनि त्यति नै तोकिएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।