काठमाडौं- नेपाली बजारमा यो साता आइतबार एकदिन स्थिर रहेको सुनको मूल्य त्यसयता निरन्तर उकालो लागिरहेको छ।
सोमबार तीनसय र मंगलबार चारसय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला ६ सय रूपैयाँले बढेको छ।
बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार दुईसय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ५ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुन सोमबार प्रतितोला एक लाख ३७ हजार दुईसय र मंगलबार एक लाख ३७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य मंगलबारको तुलनामा बुधबार प्रतितोला १० रूपैयाँले बढेको छ। महासंघका अनुसार बुधबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ३० रूपैयाँ तोकिएको छ।
चाँदी मंगलबार प्रतितोला एक हजार ९ सय २० रूपैयाँमा कारोबार भएको थियो।