बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

पेट्रोलियम कारमा सडक मर्मत दस्तुर बढाइयो

images
मंगलबार, जेठ १५ २०८१
images
images
पेट्रोलियम कारमा सडक मर्मत दस्तुर बढाइयो

२५ सय सीसीभन्दा बढी इन्जिन क्षमताका पेट्रोल कार र डिजेल कारमा यसअघि नै १० प्रतिशत रहेको सडक मर्मत दस्तुर यथावत राखिएको छ।

images
images

काठमाडौं- सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा लाग्दै आएको सडक मर्मत दस्तुर बढाएको छ। आगामी आर्थिक वर्षका लागि मंगलबार संघीय संसदमा पेश गरेको बजेटमार्फत सडक मर्मत दस्तुर बढाएको हो। 

images
images

१ हजार सीसीसम्मका पेट्रोल कारमा ८ प्रतिशत लाग्दै आएको सडक मर्मत दस्तुर २ प्रतिशतले बढाएर १० प्रतिशत बनाइएको छ। 

images
images

त्यस्तैगरी १ हजार ५ सय सीसीसम्मका पेट्रोल कारमा पनि २ प्रतिशतले सडक मर्मत दस्तुर बढाएर १० प्रतिशत बनाइएको छ। साथै २ हजार सीसीसम्मका पेट्रोल कारको पनि सडक मर्मत दस्तुर ८ प्रतिशतबाट बढाएर १० प्रतिशत बनाइएको छ। 

images
images
images

यसैगरी १५ सय सीसीसम्मका डिजेल कारमा पनि ८ प्रतिशत रहेको सडक मर्मत दस्तुर बढाएर १० प्रतिशत बनाइएको छ। साथै २ हजार सीसीसम्मका डिजेल कारमा पनि ८ प्रतिशत लाग्दै आएको सडक मर्मत दस्तुर १० प्रतिशत बनाइएको छ। 

त्यस्तै २५ सय सीसीभन्दा बढी इन्जिन क्षमताका पेट्रोल कार र डिजेल कारमा यसअघि नै १० प्रतिशत रहेको सडक मर्मत दस्तुर यथावत राखिएको छ। 

सरकारले पिकअपमा पनि सडक मर्मत दस्तुर बढाएको छ। सिंगल क्याव पिकअपमा ८ प्रतिशत रहेको सडक मर्मत दस्तुर ९ प्रतिशत र डबल क्याव पिकअपमा ८ प्रतिशत रहेको सडक मर्मत दस्तुरलाई १० प्रतिशत बनाइएको छ। 


प्रकाशित : मंगलबार, जेठ १५ २०८११८:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend