काठमाडौं- पूर्वअर्थसचिव रामेश्वर खनालले आगामी वर्षको बजेट बाध्यकारी निरन्तरताकै बीचमा सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।
अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको बजेट निजी क्षेत्रको लगानी आकर्षित गर्नेगरी आएको खनालले बताएका छन्।
प्रथम दृष्टिमा हेर्दा बजेटका कार्यक्रम रोजगारी सिर्जना तथा लगानी वृद्धिका लागि सकारात्मक हुन सक्ने उनको भनाइ छ।
उत्पादन कोरिडोर तथा सूचना प्रविधिका क्षेत्रलाई गर्न खोजिएको प्रोत्साहन बजेटका सकारात्मक पक्ष भएको उनको भनाइ छ। यद्यपि बाँड्नैपर्ने बाध्यतालाई भने छाड्न नसकेको उनको भनाइ छ।
कृषि र पर्यटन क्षेत्रका लागि आएका केही कार्यक्रम पनि राम्रो भएको उनको भनाइ छ।