काठमाडौ- कालिका पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले पुस ८ गते बसेको संचालक समितिको बैठकले नाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजी ६० करोडको १५ प्रतिशतले हुन आउने ९ करोड बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशतले हुन आउने ४७ लाख ३७ हजार बराबरको नगद गरि कुल १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले पुस ३० गते शुक्रबार भरतपुर स्थित आफ्नै रजिस्टर्ड कार्यालयमा साधारणसभा आह्वान गरेको। कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १९ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।