बिहीबार , मंसिर १३ गते २०८१    
images
images

सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने, मेलम्ची खानेपानी आयोजनाका लागि छुट्याइयो ५० करोड

२०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने

images
मंगलबार, जेठ १५ २०८१
images
images
सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने, मेलम्ची खानेपानी आयोजनाका लागि छुट्याइयो ५० करोड

सरकारले धोबीघाट, सल्लाघारी, बालकुमारीमा फोहर पानी प्रशोधन केन्द्र निर्माण सुरु गर्ने भएको छ।

images
images

काठमाडौं- सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि सरकारले ५० करोड रूपैयाँ विनियोजन गरेको छ।

images
images
images

संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले मेलम्ची खानेपानी आयोजनाका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन्।

images

अर्थमन्त्री पुनले सन् २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने घोषणा गरे। सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने सरकारको लक्ष्य रहेको छ।

images

आगामी आर्थिक वर्षमा मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा थप ६ सय ४५ किलोमिटर पाइप बिछ्याउने लक्ष्य रहेको अर्थमन्त्री पुनले बताए।

यसैगरी सरकारले आगामी आर्थिक वर्षमा ३७ करोड लिटर फोहोर पानी संशोधन क्षमताको धोबीघाट प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने भएको छ।

सरकारले धोबीघाट, सल्लाघारी, बालकुमारीमा फोहर पानी प्रशोधन केन्द्र निर्माण सुरु गर्ने भएको छ।


प्रकाशित : मंगलबार, जेठ १५ २०८११७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend