बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

६ प्रतिशतको आर्थिक वृद्धिदर र ५.५ प्रतिशतको मुद्रास्फीति दर लक्ष्य

images
मंगलबार, जेठ १५ २०८१
images
images
६ प्रतिशतको आर्थिक वृद्धिदर र ५.५ प्रतिशतको मुद्रास्फीति दर लक्ष्य

आगामी वर्ष २ खर्ब १७ अर्ब वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य लिएको सरकारले ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ।

images
images

काठमाडौं- १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गर्दै सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने लक्ष्य राखेको छ। यस्तै सरकारले ५.५ प्रतिशतको मुद्रास्फीति दर लक्ष्य राखेको छ।

images
images

अर्थमन्त्री पुनले ११ खर्ब ४० अर्ब ६६ करोड चालु र ३ खर्ब ५२ अर्ब ३५ करोड पुँजीगत खर्चको विनियोजन गरेका छन्। ३ खर्ब ६७ अर्ब १८ करोड वित्तीय व्यवस्थाका लागि विनियोजन गरिएको जनाएका छन्।

images
images

योसँगै नेपालमा पुँजीगतभन्दा वित्तीय व्यवस्थामा धेरै विनियोजन भएको छ। ऋणको साँवा तथा ब्याज भुक्तानीको दायित्व बढ्दै गएपछि सरकारले वित्तीय व्यवस्थामा धेरै विनियोजन गरेको हो। 

images
images
images

आगामी वर्ष २ खर्ब १७ अर्ब वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य लिएको सरकारले ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ। 


प्रकाशित : मंगलबार, जेठ १५ २०८११७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend