शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

सरकारले महिला लगानी वर्ष मनाउने, प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड

images
मंगलबार, जेठ १५ २०८१
images
images
सरकारले महिला लगानी वर्ष मनाउने, प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड

अर्थमन्त्री वर्षमान पुनले महिला उद्यमीलाई प्रवर्द्धन गर्न ‘कोसेली घर’ समेत स्थापना गरिने बताएका छन्।

images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षलाई ‘महिला लगानी वर्ष’का रुपमा मनाइने घोषणा गरेको छ।

images
images

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा यस्तो घोषणा गरिएको हो।

images
images

महिलामाथि हुने हिंसाविरुद्धको अभियानका रुपमा सरकारले महिला लगानी वर्ष मनाउने भएको हो। उनले महिला उद्यमीलाई प्रवर्द्धन गर्न ‘कोसेली घर’ समेत स्थापना गरिने बताएका छन्।

images
images
images

सरकारले ‘प्रधानमन्त्री छोरी कार्यक्रम’ का लागि १० करोड रूपैयाँ विनियोजन गरेको छ।

‘युवा महिला राष्ट्रिय महिला’ कार्यक्रम आयोजना अघि सार्ने बजेट वक्तव्यमा उल्लेख छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई एक अर्ब ६० करोड रूपैयाँ रकम विनियोजन गरिएको छ।

त्यस्तै महिलाद्वारा उत्पादित सामग्रीको व्यावसायिक प्रोत्साहनका लागि चोभारमा बिक्री केन्द्र बनाइने, दुर्गम क्षेत्रका सुत्केरी तथा गर्भवतीको हवाई उद्धार कार्यक्रम रहेको राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई निरन्तरता दिइने, महिला सशक्तीकरणका लागि राष्ट्रपति उद्यमी पुरस्कार घोषणा गरिने र खेलकुदमा महिला सहभागिता बढाइने बजेट वक्तव्यमा उल्लेख छ।


प्रकाशित : मंगलबार, जेठ १५ २०८११७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend