काठमाडौं- आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कार्यक्रम सञ्चालनका लागि ८ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेका छन्।
प्रधानमन्त्री रोजगार कार्यक्रममा लागि ६ अर्ब रुपैयाँ विनियोजन भएको उनले जनाएका छन्। उनले २ लाख जनालाई न्यूनतम एकसय दिनको रोजगारी दिने घोषणा गरेका छन्। यसैगरी नि:शुल्क अभिमुखीकरण कार्यक्रम र विदेश जानेका लागि रेमिट्यान्स आउने निश्चिततासँगै बिनाधितो कर्जा दिने घोषणा गरेका छन्।