काठमाडौं- सरकारले जनकपुरमा रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने भएको छ।
आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने घोषणा गरिएको हो।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा यस्तो बताएका हुन्।
सरकारले जनकपुरलाई 'वेडिङ हब' र लुम्बिनीलाई 'बर्थिङ हब'का रुपमा विकास गर्ने घोषणा पनि गरेको छ।