शनिबार, साउन १२ गते २०८१    
images
images
images

रकम अभावले थलिए कोशी प्रदेशका बहुवर्षे आयोजना

images
मंगलबार, जेठ १५ २०८१
images
images
रकम अभावले थलिए कोशी प्रदेशका बहुवर्षे आयोजना

कोशी प्रदेश सरकारले आइतबार प्रस्तुत गरेको बजेटको सिद्धान्त तथा प्राथमिकतामा पनि आर्थिक विकासको लागि क्षेत्रगत रूपमा प्रादेशिकस्तरका आयोजना छनौट गरी प्रभावकारी कार्यान्वयनमा जोड दिइने उल्लेख छ।

images

इटहरी- कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय मातहतका बहुवर्षे आयोजनाहरू अलपत्र पर्दै गएका छन्। बजेट अभावमा निर्माण व्यवसायीले काम नगर्दा आयोजनाहरू थलिएका हुन्। 

images
images

पाँचथरको सरखण्डे-यासोक सडक निर्माण अन्तिम चरणमा पुगेर रोकिएको छ। बजेट अभाव भएपछि निर्माण कम्पनीले काम निरन्तर गर्न सकेको छैन। ११ किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको लामा च्याङमिला जेभिले गत चैतमा सम्पन्न गर्नुपर्ने काम अझै पूरा गर्न सकेको छैन।

images

रकमान्तर भएर बजेट नआए आगामी आर्थिक वर्षमा मात्र निर्माण सम्पन्न हुने कम्पनीले जनाएको छ। ६० करोड ९२ लाख लागतको आयोजनाबापत कम्पनीले ४४ करोड ३५ लाख भुक्तानी पाइसकेको छ। 

पाँचथरकै शिव दोवान-लुम्फाबुङ-नवमीडाँडा सडक पनि अलपत्र परेको छ। ७४ करोड ४१ लाख लागतमा बन्न लागेको लगभग १४ किलोमिटर लामो सडक कान्छाराम याक्थुम्हाङ जेभिले निर्माणको जिम्मा पाएको हो। 

images

मोरङको बबियाविर्तादेखि सुनवर्सी जोड्ने १६ किलोमिटर सडक, सडक पूर्वाधार कार्यालय मोरङ मातहतमा निर्माण भइरहेको छ। भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा निर्माण भएको सो सडक चालु आर्थिक वर्षमा सम्पन्न गर्नेगरी सम्झौता भएको हो। 

मन्त्रालयले बजेट व्यवस्थापन गर्न नसक्दा समयमै काम नभएको बताउँछन् निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनका इन्जिनियर बिमलेश यादव। अब जम्मा १० किलोमिटर कालोपत्र गर्न बाँकी रहेपनि आर्थिक मन्दीको कारण काम नभएको उनले बताए। चालु आर्थिक वर्षमा २ करोडको काम भएपनि जम्मा ८० लाख मात्र भुक्तानी पाएको उनले सुनाए। 

koshi ma sadak (2).jpg

इटहरीबाट गढी गाउँपालिका जोड्ने १५ किलोमिटर सडकको काम बस्तीको कारण रोकिएको छ। पैसा नपाएर विस्तारै भएको निर्माण कार्य सडकको साइड क्लियर नहुँदा समस्या भएको ठेकदार उत्तीमलाल दासले बताए। आगामी आर्थिक वर्षको चैत मसान्तसम्म सक्नेगरी म्याद थप भएको आयोजना बजेट अभाव नभए समयमै सकिने उनको विश्वास छ। मन्त्रालयले बजेट व्यवस्थापन गर्ने आश्वासन दिएको कारण आफूहरू ढुक्क भएको उनले बताए। 

भौतिक पूर्वाधार मन्त्रालय मातहतका सहरी विकास तथा भवन कार्यालय मोरङ र धनकुटा तथा पूर्वाधार विकास कार्यालय पाँचथरबाट बहुवर्षे आयोजनाको काम सुरु भइरहेका छन्। तीनवटै कार्यालयबाट सञ्चालित ७० भन्दा बढी आयोजनाको प्रगति सन्तोषजनक नभएपछि मन्त्रालयले आर्थिक मामिला मन्त्रालयमा थप बजेट माग गरेको छ। तर आन्तरिक आम्दानी घटेको र नेपाल सरकारबाट आउनुपर्ने बजेट नआएको कारण समस्या भएको बताइएको छ। 

पूर्वाधार विकास कार्यालय पाँचथरका इन्जिनियर मुकेश शाह प्राय सम्पूर्ण आयोजनाको रकम भुक्तानी बाँकी रहेको बताउँछन्। मन्त्रालयमा बारम्बार जानकारी गराउँदा बजेट अभावको कारण देखाउँदै व्यवस्थापन भइरहेको खबर आउने गरेको उनले बताए।  

भौतिक पूर्वाधार मन्त्रालयका सूचना अधिकारी अयुष जोशी आन्तरिक रकमान्तर गरेर व्यवस्थापन भइरहेको बताउँछन्। चालु आर्थिक वर्षमा मात्र १ अर्ब बजेट आवश्यक पर्ने भएकाले आर्थिक मामिलामा पटक-पटक जानकारी गराएको उनले बताए। आर्थिक मामिलाबाट अन्य मन्त्रालयमा खर्च नभएको रकम भौतिक पूर्वाधार मन्त्रालयमा रकमान्तर गर्नेगरी तयारी गर्न आग्रह गरिएको उनको भनाइ छ। 

कोशी प्रदेश सरकारले आइतबार प्रस्तुत गरेको बजेटको सिद्धान्त तथा प्राथमिकतामा पनि आर्थिक विकासको लागि क्षेत्रगत रूपमा प्रादेशिकस्तरका आयोजना छनौट गरी प्रभावकारी कार्यान्वयनमा जोड दिइने उल्लेख छ।

हाल कार्यान्वयनमा रहेका बहुवर्षीय आयोजनाहरूको निर्माण समयमा नै सम्पन्न गरी भौतिक पूर्वाधार विकासमार्फत प्रदेशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याइने आर्थिक मामिलामन्त्री रामबहादुर मगरले बताएका छन्।  


प्रकाशित : मंगलबार, जेठ १५ २०८११०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend