बिहीबार , मंसिर १३ गते २०८१    
images
images

पाँचौँ एक्का सम्मेलन : ९ जिल्लाका विद्यार्थीले बनाए वातावरण सुधारका योजना

images
सोमबार, जेठ १४ २०८१
images
images
पाँचौँ एक्का सम्मेलन : ९ जिल्लाका विद्यार्थीले बनाए वातावरण सुधारका योजना

ज्ञान बजारको उत्कृष्ट ६ प्रस्तावनालाई प्रतिविद्यालय नगद २५/२५ हजार रूपैयाँ प्रदान गरिएको छ।

images
images

काठमाडौं- पाँचौँ एक्का राष्ट्रिय विद्यालय क्लब सम्मेलन सम्पन्न भएको छ। ९ जिल्लाका विद्यालय क्लबका विद्यार्थीहरु काभ्रेको धुलिखेलमा जम्मा भएर वातावरण सुधारका लागि दीर्घकालीन योजना तयार पार्दै पाँचौँ एक्का सम्मेलन सकिएको हो।

images
images
images

वातावरण संरक्षण शिविर (एक्का नेपाल) ले जेठ ८ देखि ११ गतेसम्म ‘अबको भविष्य, दिगो विकासको लागी शिक्षा’ भन्ने विषय वस्तुमा केन्द्रित भइ पाँचौँ एक्का राष्ट्रिय विद्यालय क्लब सम्मेलन आयोजना गरेको थियो। 

images

विद्यालय क्लबहरु बीचमा विद्यालय क्लबका गतिविधिहरूको जानकारी आदान प्रदान गर्नु, विद्यालय क्लबको दिगोपना र आत्मनिर्भरता बढाउनु तथा जलवायु परिवर्तन, बालबालिकाको अधिकार, विद्यालयको वातावरण, पानी, स्वास्थ्य, सरसफाइसम्बन्धी  ज्ञान  प्रदान  गर्नु  र  सामुदायिक  विकासका  प्रयासहरूमा  बालबालिकाको सहभागितालाई बढावा दिनु मूख्य उद्देश्य रहेको एक्का नेपालका कार्यकारी निर्देशक योगेन्द्र चित्रकारको भनाइ छ।

images

सम्मेलनले विद्यालय क्लबको ‘मेरो क्लब र यसको दिगोपन’ शीर्षकमा प्रस्तुतीकरणमा विज्ञहरुद्वारा विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको लागि विषयगत सत्रहरू सञ्चालन गरेका थिए। यस्तै विज्ञान, प्रविधि तथा गणितमा आधारित ग्लोब कार्यक्रम र ज्ञान बजार कार्यक्रम सञ्चालन गरिएको थियो।

ज्ञान बजारको उत्कृष्ट ६ प्रस्तावनालाई प्रतिविद्यालय नगद २५/२५ हजार रूपैयाँ प्रदान गरिएको छ।

उत्कृष्ट प्रस्तावना बनाउनेहरुमा हरि आधारभूत विद्यालय झापाले ‘वातावरण संरक्षणसम्बन्धी सचेतना कार्यक्रम’, थानी आधारभूत विद्यालय धनकुटा ‘जडीबुटी बगैँचा र विश्राम स्थल निमार्ण’ गणेश माध्यमिक विद्यालय चितवन ‘विद्यालय  तथा सामुदायिक सरसफाइ कार्यक्रम’ कान्देश्वरी आधारभूत विद्यालय चितवन ‘विद्यालय  बगैँचा र दैनिक सरसफाइ कार्यक्रम’ र विलियम पब्लिक स्कूल ललितपुर ‘शून्य प्लास्टिक पहल (इको-ईट्टा)’ र महेन्द्र माध्यमिक विद्यालय काभ्रेले ‘फोहर व्यवस्थापन र कम्पोस्ट मलको उत्पादन’ सम्बन्धी प्रस्तावना बनाएका थिए।

यस्तै प्लास्टिकबाट हुने प्रदूषण र व्यवस्थानिमा विद्यालय क्लबको भूमिकाबारे चित्रकला र मेरो विद्यालय क्लब उत्कृष्ट र क्रियाशील छ किनभने भन्ने शीर्षकमा भिडियो प्रतियोगिता गरिएको थियो। विजेताहरुलाई पनि पुरस्कार दिइएको छ।

सम्मेलनले विज्ञान, प्रविधि ,शिक्षा र गणित शिक्षा र भावनात्मक बौद्धिकतालाई विद्यालयहरुमा शिक्षण सिकाइ प्रक्रियामा जोडिने, वातावरण र वन्यजन्तु संरक्षणमा स्थानीय सम्पदा संरक्षण र स्थानीय ज्ञानको पूर्ण उपयोग गरिने, समावेशी र अपांगमैत्री विद्यालय वातावरणको लागि प्रयास गरिने, विद्यालयहरुले सुरक्षित पिउने पानीसँगै ल्याण्डफिलहरुमा जाने फोहरलाई कम गर्न फोहर व्यवस्थापन कार्यक्रमलाई प्रवर्द्धन गर्ने र सकरात्मक सिकाइ वातावरण सिर्जना गर्न विद्यालय क्लबहरुलाई समर्थन र सशक्त गरिने निष्कर्ष समेत निकालेको वरिष्ठ कार्यक्रम अधिकृत विपिन श्रेष्ठको भनाइ छ।

सम्मेलनमा ९ जिल्ला काठमाडौं,ललितपुर,  काभ्रेपलाञ्चोक, दोलखा, चितवन, रुपन्देही, धनकुटा, झापा र मोरङबाट विद्यार्थीहरु सहभागि भएका थिए। यस्तै सम्मेलनमा अन्तर्राष्ट्रिय स्तरबाट थाइल्याण्ड र ताइवानबाट समेत गरी विद्यालय क्लवका सदस्यहरु १४७ जना सहभागी थिए। यस्तै विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र शिक्षकहरुको समेत सहभागिता थियो।

त्यसका अतिरिक्त आयोजकको  तर्फबाट  २६  जना, आईयूसीएन, युनेस्को,  जर्मन  नेपाल  सहयोग  संस्था,  फिनल्याण्ड दुतावास,  लुम्बिनी  बौद्ध विश्वविद्यालय, रोटरी क्लब, र अन्य संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।

सम्मेलनको उद्घाटन बनेपा नगरपालिकाका मेयर शान्ति  रत्न शाक्यले गरेका थिए। सम्मेलनमा सहभागिहरुलाई वृत्तचित्र प्रदर्शन, सास्कृतिक प्रदर्शन, वातावरणीय खेल, योग तथा ध्यान सत्र र इसीमोड पर्यावरण पार्क र चिडियाखानासँगै भुक्तपुर विश्व सम्पदा स्थलको अवलोकन समेत गराइएको थियो।


प्रकाशित : सोमबार, जेठ १४ २०८११८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend