सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

सेयर बजारमा देखियो लगातार सुधार, तीन दिनमा १६१ अंकले बढ्यो, उचाइको संकेत

images
बिहीबार , पुस ८ २०७८
images
सेयर बजारमा देखियो लगातार सुधार, तीन दिनमा १६१ अंकले बढ्यो, उचाइको संकेत
images
images

काठमाडौं- सेयर बजारमा लगातार तीन दिन सुधार देखिएको छ। मंगलबार ५६.७३ र बुधबार ९२.१६ अंकले बढेको बजारमा साताको अन्तिम दिन बिहीबार १२.५३ अंकको झिनो सुधार देखिएको हो। जसले तीन दिनमा बजारमा १६१.४२ अंकको सुधार आएको छ।

images
images
images

बिहीबार १२.५३ अंकले बढेर बजार २५२०.२३ बिन्दुमा पुगेको छ। बिहीबार ८३ लाख २३ हजार कित्ता सेयर किनबे‍च हुँदा ४ अर्ब ४९ करोड २ लाख रूपैयाँको कारोबार भएको छ। 

images
images

सेयर बजारमा देखिएको सुधारले अतालिएका साना लगानीकर्तालाई राहत मिलेको छ। सेयर बजारमा मंगलबारदेखि सुधारको बाटो देखिएको हो। मंगलबार २ अर्ब ३८ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। मंगलबार १८० कम्पनीको सेयर मूल्य बढेको थियो। मंगलबारको सुधारलाई बजारले बुधबार र बिहीबार पनि साथ दिएको हो। 

images
images

बुधबार ९२.१६ अंकले बढेर २५०७.७० बिन्दुमा पुगेको थियो। बुधबार ८१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड रूपैयाँ बराबरको कारोबार भएको थियो। बुधबार र बिहीबार नै कारोबार रकममा समेत सुधार देखियो। 

बजारमा देखिएको सुधारले अब लगानीकर्ता केही संयम अवस्थामा देखिएका छन्। गएको साता मंगलबारको सकारात्मक सर्किटपछि पनि उतारचढावमा देखिएको बजारमा यो साता मंगलबार, बुधबार र बिहीबार नै भएको बढोत्तरीले अब बजार उकालो यात्रामा नै लाग्ने संकेत देखिएको विश्लेषकहरू बताउँछन्।

साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहँदा उतारचढावको स्थिति देखिएको थियो। तीन दिनको बजार उकालो लाग्नाले अब सम्हालिने अनुमान भइरहेका छन्।

'बजारमा अहिले केही कुराहरू सकारात्मक देखिएका छन्, अब केही दिन पनि यस्तै आइरह्यो भने राम्ररी नै सुधार हुनेछ। अब बजारमा हामी २६५० को आँकलन गर्न सक्छौँ। विचार गर्दा बजार अब ठीक भइसकेको छ' विश्लेषक विष्णु बस्याल अब बजार ठीक भइसकेको भन्दै सुनाए। 

गएको साताको उतारचढावबाट अहिले बजार बाहिर निस्किएको विश्लेषकहरू बताउँछन्। तीन दिन बजारमा देखिएको सुधारपछि अब लगानीकर्ताले सोच पुर्‍याएर निर्णय गर्दा उच्च बिन्दुको यात्राले फाइदा मिल्नसक्ने विश्लेषण भइरहेका छन्।


प्रकाशित : बिहीबार , पुस ८ २०७८०९:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend