शुक्रबार, जेठ ४ गते २०८१    
images
images

एमसीसीबारे प्रचण्डले भने - हामी अस्वीकार गर्नसक्ने ठाउँमा छैनौँ

images
बिहीबार , पुस ८ २०७८
images
images
एमसीसीबारे प्रचण्डले भने - हामी अस्वीकार गर्नसक्ने ठाउँमा छैनौँ

एमसीसीमार्फत ३ सय किलोमिटर लामो प्रसारण लाइन र सडक स्तरोन्नतीको काम हुनेछ। त्यसमा केही सुधारको ठाउँ भए सुधार गरेर बढ्नुपर्ने प्रचण्डको भनाइ छ।

images
images

काठमाडौं-  नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको परिस्थिति विदेशी सहायता वा अनुदानलाई अस्वीकार गर्ने ठाउँमा आफूहरू नरहेको भन्दै भौतिक पूर्वाधार निर्माणको निम्ति आउने सहयोगलाई खुशीसाथ स्वीकार्नुपर्ने बताएका छन्। 

images
images
images

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने विषयमा देखिएका दुविधा र राजनीतिक बेमेलका बीच प्रचण्डले आफू एमसीसीको पक्षमा रहेको जनाउ दिएका छन्।

images

एमसीसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर बराबरको पाँच वर्षे अनुदान दिनेछ। त्यसमार्फत ३ सय किलोमिटर लामो प्रसारण लाइन र सडक स्तरोन्नतीको काम हुनेछ। त्यसमा केही सुधारको ठाउँ भए सुधार गरेर बढ्नुपर्ने न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा प्रचण्डले भनेका छन्।

images
images

यस्तो छ एमसीसीबारे प्रचण्डको धारणा-

images
images

पहिलो कुरा हामी आजकै देशको परिस्थितीमा विदेशी सहायता वा अनुदानलाई अस्वीकार गर्ने ठाउँमा हामी छैनौँ । हामी स्वीकार गर्दै पनि आएका छौँ, लिँदै आएका छौँ। अब त्यसमा अनुदानको रुपमा हाम्रो भोतिक पूर्वाधार निर्माणको निम्ति आउने सहयोगलाई त हामीले खुशीसाथ स्वीकार्न पर्दछ। स्वीकार्छौं पनि।

दोस्रो कुरा, तर एमसीसी प्रोजेक्टका सन्दर्भमा केही प्रश्नहरू उठे, र ती गम्भीर ढंगले उठे। पहिलो कुरा त यो ओर्जिनल सहमतिमा संसदमा लगेर अनुमोदन गर्ने कुरा थिएन। यो बीचमा कहाँबाट आयो। किन आयो त्यहाँबाट शुरु भयो यसको विवाद। नत्र यो पहिला विवादमा थिएन।

त्यसपछि अमेरिकाको आफ्नो ग्लोवल स्टाटेजी भनौँ न, विश्वव्यापी रणनीतिको अंग हो यो भनेजस्ता प्रचारहरू आए, त्यसले पनि नयाँ बहसलाई जन्म दियो र आम जनतामा एउटा खालको पर्सेप्सन भनौँ न, बुझाइ भयो कि, एमसीसी भनेको राष्ट्रको हीतमा छैन भन्न खालको व्यापक रुपमा गयो।

त्यसकारण हाम्रो भनाइ अहिले के हो त भन्दा पहिलो कुरा त यो विषयमा जहाँनेर त्रुटी भएका छन्, किनभने ओर्जिनल सहमतिबाट अर्को सहमतिमा किन लगियो भन्ने कुरा स्पष्ट पार्नुपर्‍यो। अनि जुन जुन प्रावधानले हामीलाई अफ्ठ्यारो पार्ने जस्तो छ ती प्रावधान सच्याइनु पर्‍यो। त्यसलाई स्पष्ट पारिनुपर्‍यो। जरुरी पर्दा संशोधन पनि गर्नुपर्‍यो।

तेस्रो कुरा, यो विषय अलि गम्भीर र संवेदनशील भइ नै सकेको हुनाले राजनीतिक दलहरूको बीचमा पनि अधिकतम समझदारीको प्रयास गर्नुपर्‍यो। अनि राष्ट्रिय रुपमा पनि बुद्धिजीवि, पत्रकार, नागरिकहरूको पनि राय लिएर राष्ट्रिय रुपमा पनि एउटा समझदारी बनाएर मात्रै यसलाई अगाडि बढाउन सकिन्छ।

जबरजस्ती गरियो भने यसले अफ्ठ्यारो स्थिति बन्छ भन्ने भएको हुनाले नै हामी अहिले, अस्ति देखिहाल्नुभयो पार्टी मिटिङ प्रधानमन्त्रीजीले बोलाउनु भयो। त्यहाँ छलफल भयो। गठबन्धनको बैठक भयो, त्यहाँ छलफल भयो। गठबन्धनले एउटा कार्यदल बनायो। त्यो कार्यदलले कहाँ, कहाँ त्रुटी छ भनेर अध्ययन गर्दैछ। हिजोमात्रै त्यसको बैठक बस्यो। त्यसले गर्दैछ, फेरि १७ गते बस्दैछ, यो प्रक्रिया छ।

एमसीसीले अलिकति समय लियो नै भने पनि केही सुधारको गुञ्जायस छ। प्रधानमन्त्रीजीले पनि अस्ति सर्वदलीय बैठकमा, गठबन्धनको बैठकमा पनि भन्नुभएको छ, सुधारको गुञ्जायस त छ। म पनि कोशिस गर्छु भन्नुभएको छ। त्यस्तो भयो भने एउटा राम्रो भयो। मानौँ अफ्ठ्यारो नै पर्‍यो भने पनि एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन। टुट्दैन।

त्यति कारणले टुट्न पनि हुँदैन र टुट्दैन, टुट्न पनि दिइँदैन भन्ने छ। हिजो मात्रै मेरो प्रधानमन्त्रीजीसँग कुरा भयो, बुद्धिजीवि नागरिकहरूको बैठक बस्ने कि भन्ने थियो अब, हाम्रो राष्ट्रिय सम्मेलनको चाप आइसक्यो, हुन्छ नि त तपाईंको सम्मेलन पछि गरौँ भनेर सहज ढंगले उहाँले सहयोगी भावना देखाउनु भयो। उहाँले पनि यो विषयलाई बुझ्नु भएको छ र अनावश्यक रुपले प्रेसर आउँछ भन्ने मलाई लाग्दैन। 

(प्रचण्डको भनाइ न्युज एजेन्सी नेपालसँग उनले दिएको अन्तर्वार्तामा आधारित रहेको छ।)


प्रकाशित : बिहीबार , पुस ८ २०७८०९:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend