काठमाडौं- मुस्ताङ हेलिकप्टरले नेपाली आकाशमा उडान अनुमति पाएको छ। हेलिकप्टरले नियामक निकाय नागरिक उड्डयन प्राधिकरणबाट मुस्ताङ हेलिकप्टरले बिहीबार उडान अनुमति पाएको हो। कम्पनीले प्रक्रिया सुरु गरेको झन्डै २ वर्षपछि अनुमति पाएको हो।
अनुमति पाएसँगै फ्रान्समा निर्मित एयर बस हेलिकप्टरमार्फत सेवा सुरु गरेको मुस्ताङ हेलिकप्टर कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोनन लामिछानेले जानकारी दिए। कम्पनीले हेलिकम्टरमार्फत रेस्क्यू, चार्टर, कोभिड १९ का बिरामीको उद्धार, एरियल फोटोग्राफी, कार्गो, कार्गो सिलिङलगायतको सेवा दिनेछ’ लामिछानेले भने।
कोरोना महामारीका कारण गतवर्षनै सञ्चालनको तयारीमा रहे पनि प्रक्रिया रोकिएको थियो। हाल एउटा हेलिकप्टरबाट सेवा सुरू गरे पनि डिसेम्बरमा थप अर्को हेलिकप्टर थप गरिने लामिछानेले जानकारी दिए। मुस्ताङसँगै नेपाली आकाशमा हेलिकप्टर कम्पनी ११ वटा पुगेका छन्।