शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

अज्ञात रोगले धमाधम मौरी मर्न थालेपछि रित्तिँदै घार, संकटमा व्यवसाय

images
आइतबार, जेठ १३ २०८१
images
अज्ञात रोगले धमाधम मौरी मर्न थालेपछि रित्तिँदै घार, संकटमा व्यवसाय
फाइल तस्बिर

६ वर्षदेखि मौरीपालन गर्दै आएका याम थापाले मौरीपालनबाट वार्षिक तीन लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका थिए। राम्रो मह उत्पादन गरिरहेका मौरी अज्ञात रोगका कारण धमाधम मर्न थालेपछि अहिले घार नै रित्तिन लागेको छ।

images
images

बागलुङ- मौरीपालनबाट राम्रो आम्दानी गर्दै आएका जैमिनी नगरपालिका-१० व्याडथलाका किसान याम थापा अहिले चिन्तित छन्। २०७४ सालदेखि मौरीपालन गर्दै आएका उनको मौरीका घार रित्तिन थालेपछि व्यवसाय संकटमा परेको छ। 

images
images
images

थापासँग ४२ घार मौरी थिए। राम्रो मह उत्पादन गरिरहेका मौरी अज्ञात रोगका कारण धमाधम मर्न थालेपछि अहिले घार नै रित्तिन लागेको हो। उनी केही वर्ष यता बंगुरपालन छोडेर मौरीपालनमा लागेका थिए।

images
images

केही महिनायता मात्र ४० घार मौरी मरेपछि व्यवसाय संकटमा परेको उनले बताए। ६ वर्षदेखि मौरीपालन गर्दै आएका थापाले मौरीपालनबाट वार्षिक तीन लाख रूपैयाँसम्म आम्दानी गरेका थिए। सेरेना जातको मौरी पाल्दै आएका उनले एक किलो मह एक हजार पाँच सय रूपैयाँमा घरबाटै बिक्री गर्दै आएका थिए।

images
images

'किसानको मर्का राज्यले बुझ्दैन, पहिला बंगुरपालन गरेको खोर त्यसै छन्, बंगुरपालन व्यवसाय घाटामा गएपछि मौरीपालनमा लागेको थिएँ, मौरीपालनमा निकै राम्रो आम्दानी भएको थियो तर मौरी मर्नथालेपछि घार रित्तै भयो', उनले भने, '४२ घार मौरी मासिएर दुई घारमा सीमित छ, अहिले फेरि छ थान मौरीसहितको घार किनेको छु।'

थापाले मौरीपालनसँगै चार वटा मुर्रा जातको भैँसीसमेत पाल्दै आएका छन्। मौरीको बीमा नगर्दा घाटा परेको उनले बताए। उनले राज्यले दिने अनुदान र सहुलियत झन्झटिलो भएको गुनासो गरे। मौरी मर्नुको कारण थाहा नभएको उनको भनाइ छ। 

पछिल्लो समय बागलुङमा मौरीपालन व्यावसायिक बन्दै आएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ।

कृषि ज्ञान केन्द्र बागलुङका कृषि अधिकृत जमुना भण्डारीले मौरीपालन बढेपछि मौरीको बीमा कार्यक्रम ल्याएको बताए। उनले कतिपय किसानले बीमा नवीकरण नगर्दा समस्या भएको बताए। वातावरणीय प्रभाव, उपयुक्तखानाको अभाव, समयमै वर्षा नहुँदा विषादी रस, कमजोर गोला र पक्षघातका कारण मौरी मर्ने गरेको उनले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, जेठ १३ २०८११३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend