आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

सीजी फुड्सको व्यापार बढ्दो, साढे ३ वर्षमा गर्‍यो २८ अर्बभन्दा बढीको व्यापार

images
आइतबार, जेठ १३ २०८१
images
images
सीजी फुड्सको व्यापार बढ्दो, साढे ३ वर्षमा गर्‍यो २८ अर्बभन्दा बढीको व्यापार

कम्पनीले सन् १९८४ देखि थाईसँग प्राविधिक सहकार्यमा व्यावसायिक सञ्चालन सुरु ग‍रेको थियो। पहिलो कारखाना काठमाडौंमा थियो।

images
images

काठमाडौं- चौधरी ग्रुपको सीजी फुड्स प्रालिले साढे ३ वर्षमै २८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। कम्पनीले चालु आवको ६ महिनामै ४ अर्ब १४ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ।

images
images

यसअघि गत आर्थिक वर्ष २०७९/०८० मा कम्पनीले ९ अर्ब ११ करोड र २०७८/०७९ मा ८ अर्ब १ करोडको व्यापार गरेको थियो। साथै कम्पनीले २०७७/०७८ मा भने ७ अर्ब २३ करोड रुपैयाँको कारोबार गरेको थियो।

images
images

सीजी फुड्स (नेपाल) लिमिटेड (पहिले सीजी फुड्स (नेपाल) प्राइभेट लिमिटेड) चौधरी समूहअन्तर्गतको सबैभन्दा पुरानो इकाई हो। 

images
images
images

सीजी फूड्सले एफएमसीजी उत्पादनहरू जस्तै इन्स्ट्यान्ट चाउचाउ, पेय पदार्थ, एक्स्ट्रुडेड स्न्याक्स, आदि उत्पादन गर्दै आएको छ। सबैभन्दा लोकप्रिय उत्पादन वाईवाई चाउचाउ हो।

कम्पनीले सन् १९८४ देखि थाईसँग प्राविधिक सहकार्यमा व्यावसायिक सञ्चालन सुरु ग‍रेको थियो। पहिलो कारखाना काठमाडौंमा थियो।

कम्पनीले खाजा र पेय पदार्थहरू उत्पादन गर्दछ। ‘रियो’, ‘क्विक्स’ र यसका प्रमुख ब्राण्ड ‘वाईवाई’ अन्तर्गतका चाउचाउलगातयको उत्पादन कम्पनीले गरिरहेको छ। कम्पनीमा ६७ प्रतिशत सेयर निर्वाण चौधरीको रहेको छ। 


प्रकाशित : आइतबार, जेठ १३ २०८१११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend