काठमाडौं- चालु आर्थिक वर्षको पाँच महिनामै ४ अर्ब ३२ करोड रुपैयाँ बराबरको मसला आयात भएको छ।
भान्सामा प्रयोग हुने यस्ता सुख्खा मसलाको आयातमात्र ४ अर्ब नाघेको छ।
भन्सार विभागको तथ्यांक अनुसार यो वर्षको साउनदेखि मंसिरसम्म ४० करोड रुपैयाँको धनियाँ मात्र आयात भएको छ।
सबैभन्दा धेरै आयात हुने मसलनामा जिरा रहेको छ। यो वर्षको पाँच महिनामा १ अर्ब १० करोड रुपैयाँको जिरा आयात भएको छ। नेपालमा अधिकांस जिरा भारतबाट आउँछ। भारत बाहेक युरोपियन मुलुकबाट पनि जिरा आयात हुन्छ।
यो अवधिमा ७ करोड रुपैयाँको अदुवा, १४ करोडको बेसार आयात भएको छ। नेपालमै उत्पादन हुनसक्ने बेसार, अदुवा जस्ता मसला पनि उल्लेख्य मात्रामा विदेशबाट आयात हुने क्रम बढीरहेको छ।