बुधबार, माघ ३० गते २०८१    
बुधबार, माघ ३० २०८१
images
images

भद्रपुर नगरपालिकाको राजस्व लक्ष्यभन्दा बढी, १० महिनामा चार करोड ८६ लाख संकलन

images
शनिबार, जेठ १२ २०८१
images
images
भद्रपुर नगरपालिकाको राजस्व लक्ष्यभन्दा बढी, १० महिनामा चार करोड ८६ लाख संकलन

नगरपालिकाले चालु आर्थिक वर्षमा पाँच करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।

images
images

झापा- भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ८६ लाख ६६ हजार सात सय ७४ रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images
images

नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा एक करोड १६ लाख ७२ हजार आठ सय २९ रकम बढी राजस्व संकलन गरेको सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले बताए। उनका अनुसार गत आवको १० महिनामा भद्रपुर नगरपालिकाले तीन करोड ६९ लाख ९३ हजार नौ सय ४४ रूपैयाँ राजस्व संकलन गरेको थियो। 

images
images

नगरपालिकाले चालु आर्थिक वर्षमा पाँच करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। बैशाख मसान्तसम्म ८८ दशमलव ४९ प्रतिशत राजस्व संकलन गरेको हो। 'राजस्व संकलनको प्रकृति हेर्दा नगरपालिकाले राखेको राजस्व संकलनको लक्ष्य सहजै भेट्न सकिन्छ,' सूचना अधिकारी पोख्रेलले भने।

images
images
images

पुँजीगत खर्च घट्यो

भद्रपुर नगरपालिकाले चालु आवको १० महिनामा ५१ करोड ७० लाख ५४ हजार छ सय ६९ रूपैयाँ खर्च गरेको छ। नगरपालिकाको कुल बजेटको ५२ दशमलव ६३ प्रतिशत खर्च गर्दा पुँजीगतको तुलनामा चालुतर्फ बढी खर्च भएको छ।

भद्रपुर नगरपालिकाको चालु आवको १० महिनामा पुँजीगततर्फ ३७ दशमलव ६४ प्रतिशत खर्च भएको छ।  चालुतर्फ ६३ दशमलव ०२ प्रतिशत खर्च भएको नगरपालिकाका सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले जानकारी दिए। 

भद्रपुर नगरपालिकाको चालु आवको बजेट संशोधनसहित ९८ करोड २३ लाख ४६ हजार रूपैयाँ रहेको छ।

चालु आवको १० महिनामा गत आवको सोही अवधिको तुलनामा समग्रमा खर्च प्रतिशत दुई दशमलव ११ प्रतिशतले बढे पनि पुँजीगततर्फ एक प्रतिशतले खर्च घटेको नगरपालिकाले जनाएको छ।

गत आवको सोही अवधिमा खर्च प्रतिशत ५० दशमलव ५२ रहेको थियो। रासस


प्रकाशित : शनिबार, जेठ १२ २०८११३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend