शनिबार, असोज ५ गते २०८१    
images
images

आइकोनिक बेलायती ब्रान्ड रेन्ज रोभरका एसयूभी भारतमै बन्ने, बेलायतबाहिर पहिलो

images
शुक्रबार, जेठ ११ २०८१
images
images
आइकोनिक बेलायती ब्रान्ड रेन्ज रोभरका एसयूभी भारतमै बन्ने, बेलायतबाहिर पहिलो

रेन्ज रोभरको पहिलो पूर्णविद्युतीय सवारी सोलिहल उत्पादनको क्रममा रहेको छ।

images
images

काठमाडौं- बेलायती विलासी ब्रान्ड रेन्ज रोभर एसयूभी गाडी अब भारतमै बन्ने भएका छन्। ज्यागुअर ल्यान्ड रोभरको फ्ल्यागसिप रेन्ज रोभरका विलासी एसयूभी भारतमै बनाएको हो। 

images
images
images

बेलायतबाहिर ज्यागुअर ल्यान्ड रोभरका कार स्थानीय रुपमा उत्पादन भएको यो पहिलोपटक हो। रेन्ज रोभरका एसयूभी भारतको पुने प्लान्टमा उत्पादन हुने भएको छ।

ज्यागुअर ल्यान्ड रोभरले भारतमै रेन्ज रोभरका कार बनाउने घोषणा आज शुक्रबार गरेको हो। शुक्रबारैदेखि भारतम बनेको एसयूभी बिक्रीको सुरुवात भएको छ। 

यसअघि भारतमा ल्यान्ड रोभरका एफ पेस, डिस्कभरी स्पोर्ट, इभोक र भेलर मोडल उत्पादन हुँदै आएको छ। अब भने भारतमा रेन्ज रोभर र रेन्ज रोभर स्पोर्ट मोडल बन्ने छन्।

images

यी दुई मोडल बेलायतमा भने १९७० देखि नै उत्पादन हुँन्दै आएको थियो। विश्वभर रेन्ज रोभर र रेन्ज रोभर स्पोर्ट बेलायमै बनेर निर्यात हुँदै आएको छ। 

रेन्ज रोभरको पहिलो पूर्णविद्युतीय सवारी सोलिहल उत्पादनको क्रममा रहेको छ। 

भारतमै बनेको रेन्ज रोभर ३.० लिटर एसएसई एलडब्लूबी डिजेलको मूल्य २ करोड ३६ लाख भारु र पेट्रोल अटोबायोग्राफि भर्सनको मूल्य २ करोड ६० लाख भारु तोकिएको छ। 

योसँगै कम्पनीले भारतमा पहिलोपटक रेन्ज रोभर हाउससमेत सञ्चालनमा ल्याएको छ। पछिल्लो केही वर्षयता भारतमा आर्थिक वृद्धिसँगै लक्जरी कारको बजार पनि बढ्दै गएको जेएलआरका चिफ कमर्सियल अफिसर लिनार्ड होर्निकले बताएका छन्। विलासी फ्यामेली एसयूभीको माग बढेसँगै जेएलआरले मेड इन इन्डिया रेन्ज रोभर बनाउन लागेको उनको भनाइ छ। 

बेलायती विलासी ब्रान्ड ज्यागुअर ल्यान्ड रोभरको पूर्ण स्वामित्व भारतीय कम्पनी टाटा मोटर्ससँग रहेको छ। 


प्रकाशित : शुक्रबार, जेठ ११ २०८११८:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend