शुक्रबार, भदौ २८ गते २०८१    
images
images

बबई सिँचाइको मुआब्जा बाँड्ने तयारीमा आयोजना, २८ करोडमध्ये यसवर्ष तीन करोड रुपैयाँ वितरण गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ११ २०८१
images
images
बबई सिँचाइको मुआब्जा बाँड्ने तयारीमा आयोजना, २८ करोडमध्ये यसवर्ष तीन करोड रुपैयाँ वितरण गर्ने

मुआब्जाका लागि सडकसँग जोडिएको र खेतीयोग्य जमिन वर्गीकरण गरी रकम मूल्यांकन गरिएको छ।

images
images

बर्दिया- नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइले पश्चिमी मूल नहर प्रणालीअन्तर्गत गुलरिया खण्डलगायत आसपासका सोनापुर, नारायणटोल, सुहेलवा शाखा नहर निर्माण तथा विस्तारका लागि आवश्यकपर्ने जग्गाको मुआब्जा रकम वितरणको सुरुवात गरेको छ।

images
images
images

आवश्यक जग्गा अधिग्रहणका लागि गत वर्ष सूचना जारी गरेको आयोजनाले मुआब्जा वितरणका लागि किसानका आवेदन संकलन गर्दैछ।

जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ (२) बमोजिमको मुआब्जा निर्धारण समितिको बैठकले कायम गरेको मुआब्जा दरअनुसार रकम उपलब्ध गराइने बबई सिँचाइ आयोजनाका निर्देशक सुशीलचन्द्र देवकोटाले बताए। 

'मुआब्जाका लागि जग्गाधनी प्रमाणपत्र तथा नेपाली नागरिकताको प्रमाणपत्र, चालु आर्थिक वर्षको मालपोत तिरेको रसिद लिइ जग्गाधनी स्वयं वा अदालतबाट प्रमाणित अधिकृत वारेशनामा पत्रसहित आउनुपर्छ, हामीले सूचना जारी गरिसकेका छौँ', उनले भने, 'जग्गा धनी वा वारेश लिएको व्यक्ति उपस्थित भई आयोजनाका नाममा जग्गा दाखिला गरेपछि मुआब्जा रकम उपलब्ध हुन्छ, जग्गामा भएका बोट बिरुवा तथा घरगोठ टहरालगायतका संरचनाको क्षतिपूर्ति नहर निर्माणको काम हुँदाका बखत तत्काल नापजाँच एवं सर्जमिन मुचुल्का गराइ यकीन भएपछि मात्र उपलब्ध गराउँछौँ।'

images

गुलरिया नगरपालिका-१, २ र ३ को लागि वडा नं १ को वडा कार्यालयमा आयोजनाका कर्मचारीबाट सहायता कक्ष राखी सेवा सञ्चालन गरिएको छ। मुआब्जाका लागि सडकसँग जोडिएको र खेतीयोग्य जमिन वर्गीकरण गरी रकम मूल्यांकन गरिएको उनको भनाइ छ।

मुआब्जाका लागि आवश्यक कुल २८ करोडमध्ये यस वर्ष तीन करोड वितरण गर्ने र अपुग रकम अर्को वर्ष भुक्तानी गर्ने आयोजनाको तयारी छ। अघिल्लो वर्ष निर्णय भएकाहरुले यस वर्ष भुक्तानी पाउनेछन्। आवेदन दिइ मुआब्जा लिन निर्देशक देवकोटाको आग्रह छ। 

मुआब्जा वितरणका लागि आयोजनाले वडामा निवेदन संकलन गरिरहेको गुलरिया-१ का वडाध्यक्ष जोगीराम थारुले जानकारी दिए।

किसानहरुले जग्गा जमिनको मुआब्जा पाउने भएपछि वडामा आवेदन दिनेको भीड छ। मुआब्जा रकम अलि कम भएको किसानको गुनासो सुनाउँदै अध्यक्ष थारुले भने, 'खेतबारीमै सिँचाइ आउने भएपछि किसान खुसी छन्।' रासस


प्रकाशित : शुक्रबार, जेठ ११ २०८११५:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend