काठमाडौं- यो साता लगातार दुई दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्य त्यसयता निरन्तर ओरालो लागिरहेको छ।
मंगलबार प्रतितोला १२ सय, बुधबार एक सय र बिहीबार १८ सय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार पनि १८ सय रुपैयाँले घटेको छ।
शुक्रबार सुन प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी बिहीबार १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।