शनिबार, साउन १२ गते २०८१    
images
images
images

१२८ मेगावाट क्षमताको तमोर-मेवा जलविद्युत् आयोजनाको काम सुरु, २४ अर्ब ३२ करोड लाग्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ११ २०८१
images
images
१२८ मेगावाट क्षमताको तमोर-मेवा जलविद्युत् आयोजनाको काम सुरु, २४ अर्ब ३२ करोड लाग्ने

आयोजनाको कुल लागत २४ अर्ब ३२ करोड अनुमान गरिएको छ। आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद मूल्य वर्षायाममा प्रतियुनिट ४.८० र सुक्खायाममा प्रतियुनिट ८.४० निर्धारण गरिएको छ।

images

ताप्लेजुङ- जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित  १२८ मेगावाट क्षमताको तमोर-मेवा जलविद्युत् आयोजनाको  शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ। 

images
images

संविधानसभा सदस्य सञ्चपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूद्वारा संयुक्त रूपमा आयोजनाको बिहीबार शिलान्यास भएको हो। आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड हो।

images

अध्यक्ष लिम्बूका अनुसार आगामी चार वर्षमा आयोजना पूरा गर्ने लक्ष्यका साथ  तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। 

ताप्लेजुङमा हाइड्रोपावर आयोजना बनेपछि जिल्लाको समृद्धिमा योगदान पुग्ने फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले बताए।

images

उनले भने, 'जिल्लामा विद्युत् आयोजना निर्माण हुनु आर्थिक समृद्धिको बाटो खुल्नु हो। जिल्लामा निर्माण हुने आयोजनाले स्थानीयलाई सेयर उपलब्ध गराउँछन्। प्रत्येकले सेयरमा लगानी गर्नुहोस्।'

आयोजना निर्माण हुँदा स्थानीय नागरिकलाई रोजगारीमा प्राथमिकता दिन र प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि उनले आग्रह गरे।  

आयोजनाको कुल लागत २४ अर्ब ३२ करोड अनुमान गरिएको छ। आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद मूल्य वर्षायाममा प्रतियुनिट ४.८० र सुक्खायाममा प्रतियुनिट ८.४० निर्धारण गरिएको छ। 

आयोजनाबाट वर्षायाममा उत्पादन हुने विद्युतीय ऊर्जा क्षमता ६१ करोड ९७ लाख ४० हजार चार सय २३ किलोवाट घण्टा तथा सुक्खायाममा ९ करोड १६ लाख ९२ हजार आठ सय ७५ किलोवाट घण्टा हुने प्रक्षेपण गरिएको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ ११ २०८१०९:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend