शनिबार, असोज ५ गते २०८१    
images
images

५ महिनामै आयातमा बाहिरियो ८ खर्ब ३८ अर्ब, वैदेशिक व्यापार ६३ प्रतिशतले बढ्यो

images
बिहीबार , पुस ८ २०७८
images
images
५ महिनामै आयातमा बाहिरियो ८ खर्ब ३८ अर्ब, वैदेशिक व्यापार ६३ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ५ महिना (साउनदेखि मंसिरसम्म)मा नेपालबाट सामान आयातमै ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ५ महिना (साउनदेखि मंसिरसम्म)मा नेपालबाट सामान आयातमै ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ।

images
images
images

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ५९.५५ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा नेपालले आयातमा ५ खर्ब २५ अर्ब  ४९ करोड रुपैयाँ खर्च गरेको थियो।

यसैगरी चालु आवको ५ महिनामै नेपालको वैदेशिक व्यापार पनि ६३.५५ प्रतिशतले बढेको छ। चालु आवको ५ महिनामा नेपालको कुल वैदेशिक व्यापार ९ अर्ब ४१ अर्ब ३२ करोड ८८ लाख रुपैयाँ बराबरको पुगेको छ। गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार ५ अर्ब ७५ अर्ब ५५ करोड रुपैयाँ बराबरको थियो।

यसैगरी व्यापार घाटा पनि ५४.७० प्रतिशले बढेको छ। चालु आवको  ५ महिनामा नेपालको कुल वैदेशिक व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँको छ। गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार घाटा  ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ थियो।

images

निर्यात १०५.६१ प्रतिशतले बढ्यो

चालु आवको पहिलो ५ महिना नेपालबाट भारतलगायत तेस्रो मुलकमा हुने निर्यात भने १०५.६१ प्रतिशतले बढेको छ।

५ महिनाकै अवधिमा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ। गत आवको सोही अवधिमा नेपालबाट ५० अर्ब ५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको थियो।


प्रकाशित : बिहीबार , पुस ८ २०७८०६:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend