शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

सिरोहिया पक्राउप्रति निजी क्षेत्रका तीन छाता संगठनको ध्यानाकर्षण

images
बिहीबार , जेठ १० २०८१
images
सिरोहिया पक्राउप्रति निजी क्षेत्रका तीन छाता संगठनको ध्यानाकर्षण

उनीहरूले उजुरी परेको वा आरोप लागेको आधारमा सुनुवाइको मौका नदिइ पक्राउ गर्नु गलत भएको बताएका छन्।

images
images

काठमाडौं- सञ्चारउद्यमी कैलाश सिरोहिया पक्राउप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आफूहरूको ध्यानाकर्षण भएको जनाएका छन्।

images
images
images

तीन संस्थाले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको बताएका हुन्। ‘कानूनविपरीत काम गरेको प्रमाणित भएमा जो कोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा हामी सबै स्पष्ट छौँ। तर कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्नेतर्फ हामी ध्यानाकर्षण गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ। 

images
images

उनीहरूले उजुरी परेको वा आरोप लागेको आधारमा सुनुवाइको मौका नदिइ पक्राउ गर्नु गलत भएको बताएका छन्।

images
images

‘उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरूका कुरा सुनिदिनु पर्छ भन्ने हाम्रो आग्रह हो। थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न हामी आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ। 

निजी क्षेत्रको मनोबल घटेको, अर्थतन्त्र संकटको अवस्थामा रहेको बेला निजी क्षेत्रलाई निरूत्साहित गर्ने गरिका गतिविधि भएको पनि उनीहरूको आरोप छ।

उनीहरूले लगानीको वातावरण खलबलिन नदिन पनि सरकारलाई आग्रह गरेका छन्। ‘उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नुपर्छ। देशभित्र व्यवसायिक वातावरण खलबलाउने काम कहीँ कतैबाट पनि नहोस् भन्ने तर्फ हामी सबैको पुनः ध्यानाकर्षण गराउन चाहन्छौँ' विज्ञप्तिमा भनिएको छ।


प्रकाशित : बिहीबार , जेठ १० २०८११८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend