बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

५ अर्बको लगानी प्रतिबद्धतासँगै नयाँ इन्भेष्टमेन्ट कम्पनी : केबलकार, होटल र हाइड्रोसम्ममा लगानी गर्ने

images
शुक्रबार, जेठ ११ २०८१
images
images
५ अर्बको लगानी प्रतिबद्धतासँगै नयाँ इन्भेष्टमेन्ट कम्पनी : केबलकार, होटल र हाइड्रोसम्ममा लगानी गर्ने
images
images

काठमाडौं- एभरेष्ट लाटो इन्भेष्टमेन्ट कम्पनी ५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धतासहित चालु आर्थिक वर्ष २०८०/०८१ को असोजमा उद्योग विभागमा दर्ता भएको छ।

images
images

कम्पनीमा काजी गुरुङसहित केही चिनियाँ व्यवसायीको लगानी रहेको छ। कम्पनीले २६ वटा परियोजनामा लगानी गर्ने उद्योग विभागमा दर्ता भएको विवरणमा उल्लेख छ। 

images
images

कम्पनीले दुई वटा हाइड्रोपावर र पाँच वटा होटल तथा रेष्टुरेन्टमा लगानी गर्ने प्रतिबद्धता गरेको छ। यसैगरी दुईवटा क्यासिनो र दुईवटा केबलकारमा समेत लगानी गर्ने उल्लेख छ।

images
images

कम्पनीले पाँचवटा निर्माणको परियोजनामा समेत लगानी गर्ने भएको छ। विभागका अनुसार दुईवटा सोलार परियोजना र तीनवटा खनिज तथा खनिजजन्य उद्योगमा लगानी गर्नेगरी कम्पनी दर्ता भएको छ।

यसअघि गत आवमा तीनवटा इन्भेष्टमेन्ट कम्पनी १७ अर्बको लगानी प्रतिबद्धतासँगै उद्योगमा दर्ता भएका थिए। बोर्डरलेस कन्सल्टिङ कर्पोरेशन इन्भेष्टमेन्ट कम्पनी नेपाल प्रालि, भूमि इन्फ्रास्ट्रक्चर प्रालि र वान क्यापिटल होल्डिङ्ग्स दर्ता भएका थिए।

जसमध्ये बोर्डरलेस कन्सल्टिङ कर्पोरेशन इन्भेष्टमेन्ट कम्पनी नेपाल प्रालि र भूमि इन्फ्रास्ट्रक्चर प्रालिमा समान ५ अर्ब ९५ करोड रुपैयाँ लगानी रहनेछ। यसैगरी वान क्यापिटल होल्डिङ्ग्स प्रालिमा ५ अर्ब रुपैयाँ रहेको छ। 

बोर्डरलेस कन्सल्टिङ कर्पोरेशन इन्भेष्टमेन्ट कम्पनी नेपाल प्रालिले स्वास्थ्यका पाँचवटा परियोजना, एक हाइड्रोपावर, पर्यटनमूलक उद्योगका ५ वटा परियोजना, सूचना प्रविधितर्फका ५ वटा परियोजना, पाँचवटा लजिस्ट्रिक परियोजना र पाँचवटा एभिएसन परियोजनामा लगानी गर्ने दर्ता विवरणमा उल्लेख छ।

यसमा सतप्रतिशत नै विदेशी लगानी रहनेछ। यसैगरी भूमि इन्फ्रास्ट्रक्चर प्रालि मोरङले निर्माण क्षेत्रमा लगानी गर्नेगरी उद्योग विभागमा दर्ता गरेको छ।

कम्पनीले सडक निर्माण, पुल, फ्लाई ओभर, सब-वे, सुरुङ, रोप-वे, रेलवे, विमानस्थल, हाइड्रोपावर, विद्युत प्रसारण लाइन, ड्याम, सिचाँइ, खानेपानी, व्यावसायिक भवन तथा हाउजिङमा १४ अर्ब रुपैयाँसम्म लगानी गर्ने उद्योग विभागको दर्ता विवरणमा उल्लेख छ। यो कम्पनीमा सतप्रतिशत नै नेपाली लगानी रहने छ। 

वान क्यापिटल होल्डिङ्ग्स प्रालिले इनर्जी वेस उद्योग हाइड्रोपावर र सोलार विद्युत उत्पादनमा १ अर्बसम्मको लगानी इन्भेष्टमेन्ट गर्ने लक्ष्यसहित दर्ता भएको छ। साथै उत्पादनमूलक उद्योगमा ९० करोड रुपैयाँको लगानी गर्ने समेत दर्ता विवरणमा उल्लेख छ।

वान क्यापिटलले केबलकार तथा सडक निर्माणमा ३ अर्ब रुपैयाँसमेत लगानी गर्ने जनाएको छ। यो कम्पनी उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल तथा उनका भाइ हेमराज ढकालको ५० प्रतिशत र प्रत्यक्ष वैदेशिक लगानीको ५० प्रतिशत हिस्सा रहनेगरी नयाँ कम्पनी उद्योगमा दर्ता भएको छ।  विभागको दर्ता विवरणअनुसार ५० प्रतिशत नेपाली र ५० प्रतिशत विदेशी लगानी रहने छ।


प्रकाशित : शुक्रबार, जेठ ११ २०८११४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend