बिहीबार , साउन १५ गते २०८२    
बिहीबार , साउन १५ २०८२
images
images

महशुल नतिर्दा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको विद्युत् लाइन काटियो

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ८ २०७८
images
images
महशुल नतिर्दा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको विद्युत् लाइन काटियो

तिर्न बाँकी विद्युत् महशुल ८ लाख ८७ हजार रूपैयाँ पुगेको छ

images
images

चितवन- आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो।

images

प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत् महशुल ८ लाख ८७ हजार रूपैयाँ पुगेको छ। यो महशुल चार महिनादेखि भुक्तानी नभएपछि लाइन काटिएको उनले बताए।

images
images

धुर्मुस सुन्तली फाउण्डेसनले निर्माणको नेतृत्व गरेको रङ्गशालामा आर्थिक अभाव भएपछि फाउण्डेसन निर्माणबाट पछि हटेको छ। फाउण्डेसनले १७ करोड रूपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको भन्दै स्वामित्व लिइदिन भरतपुर महानगरपालिकालाई अनुरोधसमेत गरेको छ।

images
images
images

प्राधिकरणले मदिरा उत्पादक कम्पनी माउन्ट एभरेष्ट ब्रुअरीले रु ३७ लाख ४१ हजार बक्यौता तिर्न बाँकी रहेपछि सो उद्योगको पनि लाइन काटेको छ।

यससँगै साना १२ फर्म तथा संस्थाको लाइन काटिएको पौडेलले जानकारी दिए। पचास हजारभन्दा बढी ग्राहक रहेको भरतपुर वितरण केन्द्रमा ६० दिन नाघेका बक्यौतासहित १ करोड ४० लाख रूपैयाँ हाराहारी महशुल उठ्न बाँकी रहेको कार्यालयले जनाएको छ।

विगत केही वर्ष अघियस कार्यालयमा बक्यौता मात्र सात करोड रूपैयाँसम्म पुगेको पौडेलले जानकारी दिए। पछिल्ला वर्षहरुमा महशुल असुलीमा कडाइ गरेपछि बक्यौता घटेको हो। रासस


प्रकाशित : बिहीबार , पुस ८ २०७८०५:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend