काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट केडब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा संचालित इनर्जी इफिसियन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रम अन्र्तगत बिहिबार रकम हस्तान्तरण गरेको छ।
बैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिज प्रा.लि. लाई एक करोड रुपैयाँ, प्रिमियर वायर्स प्रा.लि. लाई ९३ लाख ६० हजार तीन सय बीस रुपैयाँ, हुलास स्टील इन्डष्ट्रिज प्रा.लि. लाई ६४ लाख ३७ हजार दुई सय ३१ रुपैयाँ र सालीमार मेटल्स प्रा.लि.लाई ३२ लाख ८ हजार ८ सय रुपैयाँ रकम हस्तान्तरण गरेको छ।
मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्रउपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक बुधबार एक समारोहका बिच हस्तान्तरण गरिएको हो।