काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ। बुधकार ९२ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ७ सय रुपैयाँले बढेर ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। बिहीबारका लागि चाँदी प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।