शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

सुरक्षण मुद्रणका तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा

images
बुधबार, जेठ ९ २०८१
images
सुरक्षण मुद्रणका तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा

उनको सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक र अमेरिकाको बैंक अफ अमेरिकामा २८ करोड ९५ लाख ७५ हजारभन्दा बढी रकम जम्मा भएको देखिएको अख्तियारले जनाएको छ।

images
images

काठमाडौं- सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर भएको छ। यसअघि पनि विभिन्न मुद्दा खेपेका पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६२ करोड १९ लाख १८ हजार ६ सय ८४ रूपैयाँ बिगो कायम गरी अकुत सम्पत्ति आर्जनको मुद्दा दायर गरेको हो।

images
images
images

आयोगले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा अनुसन्धान गर्दा पौडेलले कार्यकारी पदमा रहेको निकायमा आपूर्ति हुने सामग्री खरिदबापत स्वदेशी तथा विदेशी आपूर्तिकर्ता कम्पनीहरुबाट कमिसन लिने र उक्त रकम सिंगापुर र अमेरिकाका बैंकमा जम्मा गर्ने गरेको पाइएको छ।

images
images

उनको सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक र अमेरिकाको बैंक अफ अमेरिकामा २८ करोड ९५ लाख ७५ हजारभन्दा बढी रकम जम्मा भएको देखिएको अख्तियारले जनाएको छ।

images
images

पौडेल सुरक्षण मुद्रणको कार्यकारी निर्देशक हुँदा सरकारको स्वीकृति नै नलिइ सिंगापुरका विभिन्न कम्पनीमा आफू सरकारी कर्मचारी भएको व्यहोरा लुकाएर अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा नियुक्ति लिएर एजेन्टका रुपमा काम गरेको, सन् २०१९ देखि २२ सम्ममा ब्यांकोटेक पीटीई लिमिटेडबाट मात्र बिक्री कमिसनबापत ९ लाख ९ हजार ४ सय ४१ अमेरिकी डलर र इन्स्टासेफ इंकबाट एक लाख ३९ हजार ६ सय ६४ अमेरिकी डलर लिएको पाइएको अख्तियारले जनाएको छ। 

अख्तियारका अनुसार पौडेलले पटकपटक गरी  ३ करोड ७७ लाख ९१ हजार एकसय रकम सायद ताहिर साह, अकबर हुसेन, मनोज कार्की, ऋचा खनाल समेतलाई ट्रान्सफर गरेको साथै विभिन्न मितिमा सिंगापुरस्थित प्रुडियन्सल एसुरेन्स कम्पनीमा २ करोड ४४ लाख ६३ हजार ८ सय २२ रूपैयाँ बराबरको प्रिमियम भुक्तानी गरी जीवन बीमासमेत गरेको देखिएको छ।


प्रकाशित : बुधबार, जेठ ९ २०८११८:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend