शनिबार, असोज ५ गते २०८१    
images
images

एससीसीबारे सत्तारुढ कार्यदलले सुरू गर्‍यो छलफल, साझा धारणा बनाउने प्रयास

images
बुधबार, पुस ७ २०७८
images
images
एससीसीबारे सत्तारुढ कार्यदलले सुरू गर्‍यो छलफल, साझा धारणा बनाउने प्रयास

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा गठित कार्यदलले एमसीसीबारे सत्तारुढ दलबीच समान धारणा तय गर्न बुधबारबाट छलफल सुरु गरेको हो।

images
images

काठमाडौं- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे साझा धारणा तय गर्न सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ।

images
images
images

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा गठित कार्यदलले एमसीसीबारे सत्तारुढ दलबीच समान धारणा तय गर्न बुधबारबाट छलफल सुरु गरेको हो।

कार्यदलका संयोजक खनालको डल्लुस्थित निवासमा बसेको पहिलो बैठकमा गरिएको प्रारम्भिक छलफल सकारात्मक रहेको कार्यदलका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

कार्यदलले त्यसलाई छिट्टै निष्कर्षमा पुर्‍याएर सञ्चार माध्याममार्फत् नेपाली जनतालाई सुसूचित गर्ने योजना पनि बनाएको छ।

images

‘एमसीसीबारे एकै किसिमको धारणा बनोस् भनेर हामीले छलफल प्रारम्भ गरेका छौँ। आज प्रारम्भिक छलफल भएको छ। छलफल सकारात्मक भएको छ। केही दिनपछि हामी छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ। त्यो सम्पूर्ण देशबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुसूचित गर्छौं', मन्त्री कार्कीले भने, 'यसमा धेरै छलफल भइसकेको छ। अब यसलाई कसरी एउटा निष्कर्षमा पुर्‍याउने, त्यो बाटोमा जाने दिशामा हामी अग्रसर हुर्नुपर्छ।’

सत्तारुढ पाँच दलले केही दिनअघि एमसीसीबारे समान धारणा तय गर्न खनालको नेतृत्वमा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र कांग्रेस नेतासमेत रहनु भएका मन्त्री कार्की सम्मिलित तीन सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले एमसीसीबारे धेरै छलफल गरेको उल्लेख गर्दै निष्कर्षमा अग्रसर हुने गरी छलफललाई अघि बढाइएको पनि जनाएको छ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गरेर जानुपर्ने पक्षमा छन् भने सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले यथास्थितिमा यसलाई संसदबाट पारित गर्न नहुने धारणा राख्दै आएका छन्। यता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सत्तारुढ दलहरूको धारणा आएपछि मात्रै एमसीसीबारे आफूहरुले निर्णय लिने बताउँदै आएको छ। 


प्रकाशित : बुधबार, पुस ७ २०७८१३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend